logo

वडा अध्यक्ष तिवारीद्वारा चामल र अण्डा वितरण 

      1/16/2018 गते 00 00 मा प्रकाशित     1140   पटक पढिएको

वीरगन्ज, ३ माघ । पर्साको कालिकामाई गाउँपालिका वडा नम्बर ५ का वडाका शीतलहर पीडित ८० घरपरिवारलाई राहत वितरण गरिएको छ ।

वडा अध्यक्ष पवन तिवारीले आफ्नो व्यक्तिगत खर्चमा वडा नम्बर ५ को सेमरा टोलमा पाँच किलो चामल र पाँचओटा अण्डाको दरले ८० घरपरिवारलाई राहत वितरण गरेका हुन् । नेकपा माओवादी केन्द्रबाट वडा नम्बर ५ मा विजयी भएका वडा अध्यक्ष तिवारीले लगातारको शीतलहरले जनजीवन प्रभावित हुदै गएपछि वडा नम्बर ५ को सेमरा टोलवासीलाई राहत स्वरुप अण्डा र चामल वितरण गरेका हुन् ।

शीतलहरका कारण गरिब, विपन्न घरपरिवारका सदस्यहरु दैनिक ज्यालादारीमा काम गर्न जान नसक्ने भएकोले उनीहरुको राहतको लागि अण्डा र चामल वितरण गरिएको वडा अध्यक्ष तिवारीले बताए । यसअघि पनि उनले वडा नम्बर ५ मा दुईसय ३५ थान कम्बल र दुईसय जोडा मोजा वितरण गरेका थिए ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

प्रवासी नेपाली मञ्च क्यानडाको अध्यक्षमा रमेश धिताल चयन

प्रवासी नेपाली मञ्च क्यानडाको अध्यक्षमा रमेश धिताल सहितको कार्यसमिति सर्वसम्मत चयन भएका छन ।

अभियन्ता चौधरीलाई ‘ग्लोबल एन्टी रेसिजम च्याम्पेनसिप अवार्ड’

वाशिङ्गटन डिसी । नेपालकी सामाजिक अभियन्ता उर्मिला चौधरीे ग्लोबल एन्टी रेसिजम च्याम्पेनसिप अवार्डद्वारा सम्मानित भएकी छिन ।

खेलकुद

क्रिकेटर  प्रविण र एसईईमा सर्वोत्कृष्ट  नतिजा ल्याउने  साह वीरगंज महानगरद्वारा सम्मानित

वीरगंज । नेपाली महिला टोलीलाई विश्वकप क्रिकेटसम्मको यात्रामा योगदान पु¥याउने वीरगंजकी क्रिकेट खेलाडी साना प्रविण र यस वर्षको एसईई परीक्षामा पर्सा जिल्ला प्रथम भएकी रिया साहलाई वीरगंज महानगरपालिकाले आइतबार एक कार्यक्रमकाबीच सम्मान गरेको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बिरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बिरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.