logo

सोनाम ल्होसारको अवसरमा सम्मान तथा सांस्कृतिक कार्यक्रमको आयोजना 

      1/19/2018 गते 00 00 मा प्रकाशित     1499   पटक पढिएको

वीरगन्ज, ५ माघ । तामाङ समुदायको नयाँ बर्ष सोनाम ल्होसारको अवसरमा वीरगन्जमा विभिन्न सामाजिक व्यक्तित्वहरुलाई सम्मान तथा सांस्कृतिक कार्यक्रमको आयोजना गरेको छ ।

टाँसी थर्वालिङ्ग गुम्बा समितिको आयोजनामा शुक्रबार गौतम माविको प्रांगणमा आयोजना गरिएको कार्यक्रमको प्रमुख अतिथि वीरगन्ज महानगरापालिकाका मेयर विजय सरावगीले पानसमा बक्ति बालेर उदघाटन गरेका थिए ।

कार्यक्रमको उदघाटनपछि बोल्दै महानगरमा बसोवास गर्ने सबै जाति, धर्म र समुदायका पर्वहरु समान महत्वका रहेकोले सबैको एकअर्काको धर्म र संस्कृतिप्रति सदभाव रहन जरुरी रहेको धारणा व्यक्त गरे ।

कार्यक्रममा वीरगन्ज पब्लिक कलेजका निर्देशक प्रा.डा.दीपक शाक्यले नेपालमा बसोवास गर्ने आदिवासी जनजातिहरुको फरक फरक धर्म, भाषा, संस्कृतिहरु रहेकोले यसलाई सबैले एकअर्काको भाषा, धर्म र संस्कृतिलाई सम्मान गर्दै अगाडि बढ्न जरुरी रहेको बताए । उनले एकसमुदायले अर्को समुदायको धर्म र संस्कृति तथा पर्वहरुलाई सम्मान गरे मात्रै यसको महत्व पनि बढ्दै जाने बताए ।

गुम्बा समितिका अध्यक्ष राम बहादुर थोकरको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला समन्वय समितिका संयोजक नेक महम्मद अन्सारी, नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय समितिका अध्यक्ष कमल बहादुर पिठाकोटे मगर, नेपाल आदिवासी जनजाति पत्रकार महासंघ पर्साका सचिव नीरज पिठाकोटे मगर लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

कार्यक्रममा गौतम माविका निर्देशक सोनाम लामा, नेशनल इन्फोटेक कलेजका निर्देशक मनिष सिंह, वडा नम्बर १३ का वडा अध्यक्ष तुफान फारुक अन्सारी, लगायत सामाजका प्रतिष्ठित विभिन्न व्यक्तित्वहरुको उपस्थिति रहेको थियो ।

कार्यक्रममा नेपाल आदिवासी जनजाति महासंघ पर्साका संस्थापक सदस्य चक्र बहादुर शाक्य, लक्ष्मी स्यांवो, निमा लामा, शुशील तामाङ लगायत विभिन्न क्षेत्रमा योगदान दिएका सामाजिक व्यक्तिहरुलाई सम्मान गरिएको थियो । कार्यक्रमको संचालन संचारकर्मी हेमन्त तामाङले गरेका थिए भने ल्होसार पर्वको बारेमा आयोजक समितिका संयोजक छेडुप लामाले गरेका थिए।   

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

वीरगञ्जमा संयुक्त रक्तदान कार्यक्रम, २५ यूनिट रगत संकलन

वीरगञ्ज । रक्त अभावका कारण बिरामीको उपचारमा आउन सक्ने समस्या न्यूनीकरण गर्ने उद्देश्यले वीरगञ्जमा आयोजित संयुक्त रक्तदान कार्यक्रममा २५ यूनिट रगत संकलन भएको छ।

मलखाद नपाएपछि बहुदरमाईमा जनआक्रोश, नगर कार्यालयमा तालाबन्दी

वीरगञ्ज । खेतीपातीको मुख्य समयमा मलखादको अभावका कारण आक्रोशीत भएका  बहुदरमाई नगरपालिका–४ का स्थानीय बासिन्दाले कार्यालयमा तालाबन्दी गरेका छन ।

खेलकुद

सिमरामा अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता हुँदै

सिमरा । बाराको सिमरामा असोज १० देखि १७ गतेसम्म ‘एक्स्ट्रिम जीतपुरसिमरा अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता’ हुने भएको छ।

ठोरीमा भदौ ६ देखि ७ ए–साइड फुटबल प्रतियोगिता संचालन हुने

वीरगंज । ठोरी गाउँपालिका–३, नयाँबस्ती ब्रह्मनगरमा रहेको आईटी कलेज खेल मैदानमा चौथो संस्करणको ७ ए–साइड फुटबल प्रतियोगिता आयोजना हुने भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.