logo

सोनाम ल्होसारको अवसरमा सम्मान तथा सांस्कृतिक कार्यक्रमको आयोजना 

      1/19/2018 गते 00 00 मा प्रकाशित     1225   पटक पढिएको

वीरगन्ज, ५ माघ । तामाङ समुदायको नयाँ बर्ष सोनाम ल्होसारको अवसरमा वीरगन्जमा विभिन्न सामाजिक व्यक्तित्वहरुलाई सम्मान तथा सांस्कृतिक कार्यक्रमको आयोजना गरेको छ ।

टाँसी थर्वालिङ्ग गुम्बा समितिको आयोजनामा शुक्रबार गौतम माविको प्रांगणमा आयोजना गरिएको कार्यक्रमको प्रमुख अतिथि वीरगन्ज महानगरापालिकाका मेयर विजय सरावगीले पानसमा बक्ति बालेर उदघाटन गरेका थिए ।

कार्यक्रमको उदघाटनपछि बोल्दै महानगरमा बसोवास गर्ने सबै जाति, धर्म र समुदायका पर्वहरु समान महत्वका रहेकोले सबैको एकअर्काको धर्म र संस्कृतिप्रति सदभाव रहन जरुरी रहेको धारणा व्यक्त गरे ।

कार्यक्रममा वीरगन्ज पब्लिक कलेजका निर्देशक प्रा.डा.दीपक शाक्यले नेपालमा बसोवास गर्ने आदिवासी जनजातिहरुको फरक फरक धर्म, भाषा, संस्कृतिहरु रहेकोले यसलाई सबैले एकअर्काको भाषा, धर्म र संस्कृतिलाई सम्मान गर्दै अगाडि बढ्न जरुरी रहेको बताए । उनले एकसमुदायले अर्को समुदायको धर्म र संस्कृति तथा पर्वहरुलाई सम्मान गरे मात्रै यसको महत्व पनि बढ्दै जाने बताए ।

गुम्बा समितिका अध्यक्ष राम बहादुर थोकरको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला समन्वय समितिका संयोजक नेक महम्मद अन्सारी, नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय समितिका अध्यक्ष कमल बहादुर पिठाकोटे मगर, नेपाल आदिवासी जनजाति पत्रकार महासंघ पर्साका सचिव नीरज पिठाकोटे मगर लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

कार्यक्रममा गौतम माविका निर्देशक सोनाम लामा, नेशनल इन्फोटेक कलेजका निर्देशक मनिष सिंह, वडा नम्बर १३ का वडा अध्यक्ष तुफान फारुक अन्सारी, लगायत सामाजका प्रतिष्ठित विभिन्न व्यक्तित्वहरुको उपस्थिति रहेको थियो ।

कार्यक्रममा नेपाल आदिवासी जनजाति महासंघ पर्साका संस्थापक सदस्य चक्र बहादुर शाक्य, लक्ष्मी स्यांवो, निमा लामा, शुशील तामाङ लगायत विभिन्न क्षेत्रमा योगदान दिएका सामाजिक व्यक्तिहरुलाई सम्मान गरिएको थियो । कार्यक्रमको संचालन संचारकर्मी हेमन्त तामाङले गरेका थिए भने ल्होसार पर्वको बारेमा आयोजक समितिका संयोजक छेडुप लामाले गरेका थिए।   

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

राष्ट्रपति ट्रम्पको खुलासा  इजरायल र इरानबीच युद्धविरामको घोषणा

संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले सोमबार इजरायल र इरानबीचको युद्ध अन्त्य गर्न दुवै देशले युद्धविराममा सहमति गरेको घोषणा गर्नुभएको छ।

मगर संघ बेल्जियमको अध्यक्षमा कल्पना मगर निर्विरोध निर्वाचित

बेल्जियम । मगर संघ बेल्जियमको छैठौं अधिवेशन भव्य रूपमा सम्पन्न भएको छ। अधिवेशनले कञ्चनपुर, नेपाल घर भई हाल बेल्जियममा बसोबास गर्दै आएकी कल्पना मगरलाई अध्यक्ष पदमा निर्विरोध रूपमा निर्वाचित गरेको छ।

प्रवासी नेपाली मञ्च (ओएनएफ) युरोप महादेशको दोस्रो बिस्तारित बैठक १६ बुँदे निर्णय गर्दै सम्पन्न

बेल्जियम । प्रवासी नेपाली मञ्च (ओएनएफ) युरोप महादेशको दोस्रो बिस्तारित बैठक यही जुन ९  मा बेल्जियमको आन्त्वर्पेन शहरमा सम्पन्न भएको छ ।

समाज

पर्सा प्रहरीद्वारा भारी परिमाणमा चरेश बरामद,तस्करीको संजाल तोडी छाडने एसपी मिश्रको उद्घोष

वीरगन्ज । पर्सा प्रहरीले एक मालबाहक ट्रकबट ३१९ किलो लागु औषध  चरेश बरामद गरेको छ।

आर्थिक पत्रकारिता सम्बन्धी अन्तरक्रिया तथा प्रशिक्षण कार्यक्रम वीरगञ्जमा सम्पन्न

वीरगंज । नेपाल धितोपत्र बोर्डको आयोजनामा र नेपाल पत्रकार महासंघ, पर्साको सहकार्यमा एक दिने अन्तरक्रिया कार्यक्रम वीरगंजमा सम्पन्न भएको छ ।

खेलकुद

राष्ट्रपति रनिङ शिल्डमा वीरगंजको लगातार तेस्रो जीत

वीरगंज  । वीरगंज महानगरपालिकाले लगातार तेस्रो वर्ष राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा प्रथम स्थान हासिल गर्दै शिल्ड आफ्नो स्थायी स्वामित्वमा ल्याएको छ ।

एमाले नेता पटेलद्वारा  २५ लाखको लागतमा निर्माण हुने क्रिकेट मैदानको शिलान्यास

वीरगन्ज । नेकपा एमालेका सल्लाहकार शिव पटेलले क्रिकेट मैदान निर्माण कार्यका एक कार्यक्रमकावीच शिलान्यास गरेका छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.