बीरगंज ११ माघ । नेकपा एमाले पार्टी निकट नेपाल निजामती कर्मचारी संगठन केन्द्रीय कार्य समिति काठमाडौंले आज वीरगंज महानगरपालिका वडा नं. २३ प्रसौनी बिर्तामा सय परिवारलाई कम्बल बितरण गरेको छ ।
शितलहरबाट प्रभाबित वृद्ध, दलित ,एकल महिला तथा अति बिपन्न परिवारलाई कम्बल बितरण गरिएको हो ।
संघका केन्द्रीय बरिष्ठ उपाध्यक्ष लेखनाथ कोइरालाको अध्यक्षतामा भएको कम्बल बितरण कार्यक्रममा नेकपा एमाल पर्सा संयोजक प्रभु हजरा, पूर्व सांसद बिचारी यादव, वडा नं. २३ का वडा अध्यक्ष अवधकिसोर कुशवाहा, वडा सदस्यहरु लालबाबु यादव, कान्ति देवी, फुलबचनी देवी पासवान, जिल्ला कर्मचारी संगठनका पर्साका अध्यक्ष अमित गिरी पूर्व अध्यक्ष नोत्तम पोख्रेल लगायतको उपस्थिती रहेको थियो ।
तपाईको प्रतिक्रिया