logo

बौद्धिक अपांगता भएका बिद्यार्थीलाई कम्बल बितरण

      1/25/2018 गते 00 00 मा प्रकाशित     1247   पटक पढिएको

वीरगन्ज ११ माघ । गौतम सोसाईटी फोर सोसल वेलफेयर द्धारा पर्साको बहुदरमाई नगरपालिकामा रहेको रामनगरि स्थित देवनन्दन देवराज उच्च माबिमा आज निरिक्षण तथा सहयोग कार्यक्रम गरिएको छ ।

 

सो बिद्यालयमा एक कार्यक्रम गरि बोल्न नसक्ने र कान सुन्न नसक्ने १० जना बालबालिकाहरुलाई १० थान कम्बल, स्टेशनरी सामाग्री तथा खाद्यान्न समाग्री बितरण गरेको समाजिक अभियान्ता प्रकाश थारुले जानकारी दिए ।

 

यसैगरि पर्साको सखुवा प्रसौनी गाँउपालिकामा रहेको नेपाल राष्ट्रिय मा. बि.मा आजै बौधद्धक अपाङता भएका ११ जना बलबालिकाहरुलाई ११ थान कम्बल, स्टेशनरी सामाग्री तथा खाद्यान्न समाग्री बितरण गरेको छ ।

 

वीरगंजमा रहेको गौतम मा.बि.का बिध्यार्थीहरुले आफ्नो खाजा खर्च कटौती गरि तथा कबडी र क्रिकेट खेल प्रतियोगितामा जितेको २० हजार रकम र बाकी अपुग रकम बिध्यालय व्यवस्थापनबाट थपी सो सहयोग गरेको थारुले बताए ।

 

सहयोग बितरण कार्यक्रममा सोसाईटीका अध्यक्ष सुरज प्रधान, सल्लाहाकार रमेश शर्मा, अल्भीन रेञ्जर, आस्था नेपालका अजित राई, निता फाउण्डेशनका बिनय तामाङ, शिक्षक दिनेश क्षेत्री,गौतम मा बिका खेलाडी तथा कक्षा १० बिध्यार्थीहरुको सहभागीता रहेको थियो । रामनगरिको देवनन्दन देवराज उच्च माबिमा भएको कार्यक्रम  प्र.अ. मनोज कुमार श्रीवास्तवको अध्यक्षता र श्रोत शिक्षक राजकिशोर को कार्यक्रममा उपस्थिति रहेको थियो । 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

नेपाल पत्रकार महासंघ युराेपकाे अध्यक्षमा राई सर्वसम्मत

युरोप । नेपाल पत्रकार महासंघ युरोप शाखाको पाँचौँ अधिवेशनले केजिन राईलाई अध्यक्षमा सर्वसम्मतले चयन गरेको छ।

भाजपा साँसद निषाद कांग्रेसमा सामेल हुदै, बिजेपीलाई लाग्ने भयो धक्का

मुजफ्फरपुर । बिहार राज्यको एक प्रमुख शहर मुजफ्फरपुरबाट लोकसभा सिटमा भाजपाबाट बिजयी अजय निषादको टिकट काटिएको छ । सन २०२४को लोकसभा निर्वाचनकोलागि उनको टिकट काटिएको हो ।

राष्ट्रसंघको मुख्यालयमा नेपाल प्रर्दशनी हुने

न्यूयोर्क ।अमेरिकाको न्यूयोर्कमा रहेको संयुक्त राष्ट्रसंघको मुख्यालयमा नेपालको पर्यटन, कला र संस्कृति प्रबर्द्धनका लागि प्रदर्शनी गरिने भएको छ ।

समाज

पाठेघर खस्ने समस्या बारे अन्तरक्रिया सम्पन्न

मधेशका महिलाहरुमा पाठेघर खस्ने समस्या अत्याधिक रहेपनि खुलेर स्वास्थ्य संस्था सम्म पुग्न नसकेको पाइएको छ ।

२ सय १६ किलो गाँजा सहित कोइराला र घलान पक्राउ

निजगढ। बारा प्रहरीले मकवानपुर जिल्लाको मनहरी गाउँपालिका वडा नम्बर ३ का दीपक कोइराला र टौँडा उपमहानगरपालिका–१३ पदम पोखरी बस्ने ३० वर्षका जिबन घलानलाई पक्राउ गरेको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बिरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बिरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.