logo

प्रहरीद्वारा गाँजा फडानी गरि नष्ट 

(समाचार प्रभाव)

      1/29/2018 गते 00 00 मा प्रकाशित     1196   पटक पढिएको

 

वीरगन्ज, १६ माघ । पर्साको ठोरी गाउँपालिका वडा न ४ मा लगाईएको अबैध गाजाँखेति आज नष्ट गरिएको छ । इसिमानामा गाँजाखेतीको समाचार प्रकाशन भएपछि प्रहरीले त्यसको खोजी गरी नष्ट गरेको हो ।


सुर्तीबारी भित्र लुकाईछिपाई रोपिएको करिब १० धुर जमिनको अबैध गाँजा खेती ईलाका प्रहरी कार्यालय ठोरी र सशस्त्र प्रहरी वोर्डर आउट पोष्ट सुवर्णपुरबाट खटिएको संयुक्त सुरक्षा टोलीले नष्ट गरेको हो ।

 बिशेष सुराकीको आधारमा सुर्तीखेतीभित्र गाँजा लगाईएको सूचना प्राप्त भएकोले खोजी गर्दै जादा गाँजा खेती गरेको पाइएकोले वडाध्यक्ष बई बहादुर पाख्रीनको रोहबरमा गाँजा जलाएर नष्ट गरिएको ईलाका प्रहरी कार्यालय ठोरीका प्रहरी निरीक्षक लोकेन्द्र सिंह गुरुले जानकारी दिए ।

लागू औषध गाँजा फडानीलाई निरन्तरता दिने उनले जानकारी दिए ।  

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

प्रवासी नेपाली मञ्च क्यानडाको अध्यक्षमा रमेश धिताल चयन

प्रवासी नेपाली मञ्च क्यानडाको अध्यक्षमा रमेश धिताल सहितको कार्यसमिति सर्वसम्मत चयन भएका छन ।

अभियन्ता चौधरीलाई ‘ग्लोबल एन्टी रेसिजम च्याम्पेनसिप अवार्ड’

वाशिङ्गटन डिसी । नेपालकी सामाजिक अभियन्ता उर्मिला चौधरीे ग्लोबल एन्टी रेसिजम च्याम्पेनसिप अवार्डद्वारा सम्मानित भएकी छिन ।

खेलकुद

क्रिकेटर  प्रविण र एसईईमा सर्वोत्कृष्ट  नतिजा ल्याउने  साह वीरगंज महानगरद्वारा सम्मानित

वीरगंज । नेपाली महिला टोलीलाई विश्वकप क्रिकेटसम्मको यात्रामा योगदान पु¥याउने वीरगंजकी क्रिकेट खेलाडी साना प्रविण र यस वर्षको एसईई परीक्षामा पर्सा जिल्ला प्रथम भएकी रिया साहलाई वीरगंज महानगरपालिकाले आइतबार एक कार्यक्रमकाबीच सम्मान गरेको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बिरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बिरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.