logo

रेडक्रस पर्सामा नयाँ नेतृत्वद्वारा पदभार ग्रहण, पहिलो बैठक सम्पन्न 

 इसीमाना सम्वाददाता     २०७८ कार्तिक २६ गते ०४: ३९ मा प्रकाशित     949   पटक पढिएको

नेपाल रेडक्रस सोसाइटी पर्सामा नयाँ नेतृत्वले पदभार ग्रहण गरेको छ । नेपाल रेडक्रस सोसाइटीको सभाकक्षमा शुक्रवार आयोजना गरिएको संक्षीप्त कार्यक्रममा नयाँ पदाधिकारीले पदभार ग्रहण गरेका हुन । नेपाल रेडक्रस सोसाइटी प्रदेश समिति २ का अध्यक्ष फूलमहम्मद मियाले नयाँ नेतृत्वलाई शपथ ग्रहण गराएका थिए । 

 


नेपाल रेडक्रस सोसाइटीको केन्द्रीय समितिको कार्तिक २३ गते सम्पन्न बैठकले पर्सा जिल्ला शाखालाई बिघठन गरेर नयाँ समिति निर्माणको निर्णय गरेको थियो ।

नयाँ समितिको सभापतिमा बृजकिशोर पटेल,उपसभापतिमा मधु राणा, कृष्णचन्द्र लामिछाने, मंत्रीमा अरविन्द सिंह कोषाध्यक्षमा गोविन्द देवकोटा,उपमंत्रीमा भगवान कुर्मी, उपकोषाध्यक्षमा नवनित अग्रवाल र सदस्यहरुमा दयाशंकर सिंह,मिनाक्षी कर्मचार्य,बविता गुप्ता, तवरेज अहमद, इजराइल मिया अन्सारी, अन्जली गर्ग, मदन गुप्ता, रोशनी श्रेष्ठ रहेका छन । 


पदभार ग्रहण गर्दै शाखा सभापति बृजकिशोर पटेलले रेडक्रसको सिद्धान्त र मर्यादाको सम्मान गर्ने बताए । उनले रेडक्रसलाई वास्तविक रुपमा सिद्धान्त अनुरुपको संस्थाको रुपमा स्थापित गर्ने प्रतिवद्धता ब्यक्त गरे ।

 

सभापति पटेलले निस्वार्थ भावले रेडक्रसको माध्यमबाट मानवीय सेवा गर्ने बताएका थिए । कार्यक्रममा प्रदेश २ का सभापति फूल महम्मद मियाले नयाँ समितिलाई बधाई दिदै सहर्काय र समन्वयका आधारमा काम गर्ने वतावरण बनाउने बताए । 


शुक्रवारै नेपाल रेडक्रस सोसाइटी पर्सा शाखाको पहिलो बैठक सभापति बृज किशोर पटेलको अध्यक्षतामा सम्पन्न भएको छ । बैठकले रेडक्रसको राष्ट्रीय बिधान महाधिवेशनकोलागि पर्सा शाखाबाट उपसभापति कृष्णचन्द्र लामिछाने कोषाध्यक्ष गोबिन्द देवकोटा र सदस्य मिनाक्षी कर्मचार्यलाई प्रतिनिधिको रुपमा पठाउने निर्णय गरेको छ ।

 

बैठकले नयाँ संगठनको आन्तरिक जीवनका बिभिन्न बिषयमा अध्ययन गरि तदनरुपको निर्णय र कार्यान्वयन गर्ने नीति लिएको छ । नयाँ समितिका बिषयमा सरोकारवाला निकायहरुलाई  जानकारी दिने समेत निर्णय गरिएको मंत्री अरविन्द कुमार सिंहले बताए । 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

चिया चौतारो छाडेर,श्रमदानमाबाटै हुलाकी सडक सफा गर्दै सुवर्णपुरका स्थानीय

ठोरी । ठोरी गाउँपालिका–५ सुवर्णपुरस्थित ओरिया खोला पुल नजिकको बागमोर्चा क्षेत्रका स्थानीयवासीले शनिबार बिदाको समय सदुपयोग गर्दै हुलाकी सडक सरसफाइ गरेका छन।

विपद् राहत कोषमा मदिना जामे मस्जिदद्वारा १ लाख १ हजार रुपैयाँ सहयोग

वीरगञ्ज ।वीरगञ्ज महानगरपालिका–६ स्थित मदिना जामे मस्जिदले नेपाल सरकारको प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ लाख १ हजार रुपैयाँ सहयोग गरेको छ।

खेलकुद

ठोरीमा भदौ ६ देखि ७ ए–साइड फुटबल प्रतियोगिता संचालन हुने

वीरगंज । ठोरी गाउँपालिका–३, नयाँबस्ती ब्रह्मनगरमा रहेको आईटी कलेज खेल मैदानमा चौथो संस्करणको ७ ए–साइड फुटबल प्रतियोगिता आयोजना हुने भएको छ ।

नारायणी रंगशालाको स्तरउन्नतीकालागि १५ करोड बिनियोजन

वीरगंज । नेपालकै महत्वपूर्ण रंगशलाको रुपमा रहेको वीरगंजको नारायणी रंगशालाको र त्याहा रहेको बहुउद्धेश्यीय कर्भडहलको स्तरउन्नतीकोलागि १२ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.