logo

रेडक्रस पर्सामा नयाँ नेतृत्वद्वारा पदभार ग्रहण, पहिलो बैठक सम्पन्न 

 इसीमाना सम्वाददाता     २०७८ कार्तिक २६ गते ०४: ३९ मा प्रकाशित     734   पटक पढिएको

नेपाल रेडक्रस सोसाइटी पर्सामा नयाँ नेतृत्वले पदभार ग्रहण गरेको छ । नेपाल रेडक्रस सोसाइटीको सभाकक्षमा शुक्रवार आयोजना गरिएको संक्षीप्त कार्यक्रममा नयाँ पदाधिकारीले पदभार ग्रहण गरेका हुन । नेपाल रेडक्रस सोसाइटी प्रदेश समिति २ का अध्यक्ष फूलमहम्मद मियाले नयाँ नेतृत्वलाई शपथ ग्रहण गराएका थिए । 

 


नेपाल रेडक्रस सोसाइटीको केन्द्रीय समितिको कार्तिक २३ गते सम्पन्न बैठकले पर्सा जिल्ला शाखालाई बिघठन गरेर नयाँ समिति निर्माणको निर्णय गरेको थियो ।

नयाँ समितिको सभापतिमा बृजकिशोर पटेल,उपसभापतिमा मधु राणा, कृष्णचन्द्र लामिछाने, मंत्रीमा अरविन्द सिंह कोषाध्यक्षमा गोविन्द देवकोटा,उपमंत्रीमा भगवान कुर्मी, उपकोषाध्यक्षमा नवनित अग्रवाल र सदस्यहरुमा दयाशंकर सिंह,मिनाक्षी कर्मचार्य,बविता गुप्ता, तवरेज अहमद, इजराइल मिया अन्सारी, अन्जली गर्ग, मदन गुप्ता, रोशनी श्रेष्ठ रहेका छन । 


पदभार ग्रहण गर्दै शाखा सभापति बृजकिशोर पटेलले रेडक्रसको सिद्धान्त र मर्यादाको सम्मान गर्ने बताए । उनले रेडक्रसलाई वास्तविक रुपमा सिद्धान्त अनुरुपको संस्थाको रुपमा स्थापित गर्ने प्रतिवद्धता ब्यक्त गरे ।

 

सभापति पटेलले निस्वार्थ भावले रेडक्रसको माध्यमबाट मानवीय सेवा गर्ने बताएका थिए । कार्यक्रममा प्रदेश २ का सभापति फूल महम्मद मियाले नयाँ समितिलाई बधाई दिदै सहर्काय र समन्वयका आधारमा काम गर्ने वतावरण बनाउने बताए । 


शुक्रवारै नेपाल रेडक्रस सोसाइटी पर्सा शाखाको पहिलो बैठक सभापति बृज किशोर पटेलको अध्यक्षतामा सम्पन्न भएको छ । बैठकले रेडक्रसको राष्ट्रीय बिधान महाधिवेशनकोलागि पर्सा शाखाबाट उपसभापति कृष्णचन्द्र लामिछाने कोषाध्यक्ष गोबिन्द देवकोटा र सदस्य मिनाक्षी कर्मचार्यलाई प्रतिनिधिको रुपमा पठाउने निर्णय गरेको छ ।

 

बैठकले नयाँ संगठनको आन्तरिक जीवनका बिभिन्न बिषयमा अध्ययन गरि तदनरुपको निर्णय र कार्यान्वयन गर्ने नीति लिएको छ । नयाँ समितिका बिषयमा सरोकारवाला निकायहरुलाई  जानकारी दिने समेत निर्णय गरिएको मंत्री अरविन्द कुमार सिंहले बताए । 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

भारतको लद्दाखमा राज्यको माग र स्वायत्तताका लागि चर्कियो आन्दोलन,४ को मृत्यु,भाजपा कार्यालयमा आगजनी

लेह ।  लद्दाखमा राज्यको माग र छैठौँ अनुसूचीमा समावेश गर्नुपर्ने आन्दोलन तीव्र बनेको छ।

प्रवासी नेपाली मंच स्लोभाकियाको अध्यक्षमा रुद्र किसन चयन

बेल्जियम । प्रवासी नेपाली मन्च स्लोभाकियाले रुद्र किसनलाई मन्चको अध्यक्ष चुनेको छ । मन्चको प्रथम अनलाइन भेलाले किसनको अध्यक्षतामा नयाँ कार्यसमिति चुनेको हो। भेलाले  ३१ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो।

समाज

जेनजी आन्दोलनका क्रममा फरार कैदी वीरगंजबाट पक्राउ

वीरगंज । जेनजी  आन्दोलनका क्रममा केन्द्रिय कारागार जगन्नाथदेवल, काठमाडौंबाट फरार भएका कर्तव्य ज्यान मुद्दाका कैदी वीरगंजबाट पक्राउ परेका छन्।

पत्रकार कर्णमाथि भएको आक्रमणप्रति महासंघको गम्भीर ध्यानाकर्षण, दोषीमाथि कडा कारबाहीको माग

जनकपुरधाम । नेपाल पत्रकार महासंघ मधेश प्रदेश समितिले पत्रकार राजेश कर्णमाथि भएको शारीरिक आक्रमणप्रति गम्भीर ध्यानाकर्षण जनाउँदै घटनाको तीव्र निन्दा गरेको छ।

खेलकुद

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।

वीरगंज युनाइटेडलाई टाइब्रेकरमा हराउँदै प्रतिभा युवा क्लब फाइनलमा प्रवेश

ठोरी ।स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा जारी चौथो ठोरी गोल्डकप–२०८२ अन्तर्गत हिजो सम्पन्न दोस्रो सेमिफाइनल खेलमा आयोजक प्रतिभा युवा क्लब बिजयबस्तीले वीरगंज युनाइटेडलाई रोमाञ्चक टाइब्रेकरमा पराजित गर्दै फाइनलमा स्थान सुनिश्चित गरेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.