logo

वीरगन्ज महानगरद्वारा किसानलाई गहुँको बिऊ वितरण 

 इसीमाना सम्वाददाता     २०७८ मंसिर २ गते ०६: ३२ मा प्रकाशित     868   पटक पढिएको

वीरगन्ज महागनगपालिकाले महानगरक्षेत्र भित्रका किसानलाई ५० प्रतिशत अनुदानमा  गहुँको विऊ वितरण शुरु गरेको छ ।

 

महानगरपालिका क्षेत्र भित्रका किसानहरुलाइ उन्नत जातको गहुँको बिऊ आजबाट वितरण गर्न सुरु गरेको हो ।

 

महानगरका कृषकहरुलाई कृषि उत्पादनमा प्रोत्साहन गरी उत्पादकत्व बढाउन महानगरपालिकाले अनुदानमा गहुँको विऊ वितरण शुरु गरिएको वीरगन्ज महानगरपालिकाका नगर प्रमुख विजय कुमार सरावगीले बताउनुभयो ।

 

महानगरपालिका भित्र खेती योग्य जमिनमा गहुँबाली लगाउन कृषकहरुलाइ सहुलियत होस भन्ने उद्देश्यले महानगरपालिकाले ४० टन भन्दा बढी गहुँको बिऊ वितरण गर्ने योजना महानगरको रहेको नगर प्रमुख सरावगीले बताउनुभयो ।

 

वीरगन्ज महानगरपालिकाले अहिले पहिलो चरणमा एनएल ९७१ जातको गहुँ किसानलाई वितरण गरेको र यसपछि विजय जातको गहुँ वितरण गरिने महानगरपालिकाको कृषि शाखा प्रमुख उर्मिला श्रेष्ठले जानकारी दिनुभयो ।

 

अहिले महानगरपालिकामा अगुवा जातको गहुँको बिऊ वितरण सुरु गरिएको छ । यसपछि पनि समय बाँकी रहेमा  एनएल ९७१ नै वितरण गरिने नभए गहुँको पछुवा जात विजय वितरण गरिने योजना रहेको कृषि शाखा प्रमुख श्रेष्ठले बताउनुभयो । 

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

वीरगंजमा मालपाेत कर अब वडामै संकलन गरिने

वीरगंजमा मालपाेत कर अब वडामै संकलन गरिने

२५ वर्षे शैक्षिक सेवा पूरा गरेका प्रधानाध्यापक भोजराज गौतमको सम्मानसहित बिदाइ

रंगपुर । पर्साको पटेर्वा सुगौली गाउँपालिका–२ रंगपुरस्थित श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालयले करिब २५ वर्ष लामो शैक्षिक सेवा पूरा गरेका प्रधानाध्यापक भोजराज गौतमलाई सम्मानसहित बिदाइ गरेको छ।

खेलकुद

सेढवामा भेट्रान फुटबलको तयारी तीव्र, विजेतालाई ५० हजार पुरस्कार

वीरगन्ज । पर्साको जिराभवानी गाउँपालिका–२ सेढवामा जिराभवानी भेट्रान क्लबको आयोजनामा भेट्रान फुटबल प्रतियोगिता हुने भएको छ।

सिमरामा अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता हुँदै

सिमरा । बाराको सिमरामा असोज १० देखि १७ गतेसम्म ‘एक्स्ट्रिम जीतपुरसिमरा अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता’ हुने भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.