logo

लोड ट्रेलरले थिचिएर गादी खोलामा एक युवाको ज्यान गयो 

 इसीमाना सम्वाददाता     २०७८ मंसिर १८ गते ०३: ४५ मा प्रकाशित     545   पटक पढिएको

लोड गरिएको ट्रयाकटरले थिचिदा एक युवकको ज्यान गएको छ । पटेर्वा सुगौली गाउँपालिका वडा नं २ रंगपुरका ३४ वर्षिया सबिर खाँको ज्यान गएको हो ।

 

सोही ठाउँमा  रहेको इदगाहको निर्माणकार्यकालागि गादी खोलाबाट गिट्टी बालुवाको उत्खखन गरेर फर्किदा दुर्घटना भएको हो । वडा नं १ को गादी मन्दीर भन्दा उत्तरमा रहेको गादी खोलाको किनारमा घटना भएको स्थानीले बताएका छन ।  

 

गिट्टी वालुवा लोड गरिएको ट्रयाक्टरको ट्रेलर पट्टिको चक्काको वेयरिङ फूटेको थियो । वेयरिङ हाल्नकालागि जग लगाएर ट्रयाक्टर उठाएर काम गर्दा जगले लोठ थेग्न नसक्दा तल बसेर वेयरिङ कस्दै गरेका साविर थिचिएको स्थानीय प्रत्यक्षदर्शीले जनाएका छन । 


गिट्टी बालुवाको निकासी रोका रहेको भएता पनि वडा नं २ को सिफारिशमा इलाका प्रहरी कार्यालय पटेर्वाले गिट्टी बालुवा निकासीको इजाजत दिएको थियो ।

 

गाउँपालिकाको सिफारिशमा इजाजत दिनु पर्नेमा वडाको सिफारिशमा दिइएको सिफारिशका कारण एक युवाको ज्यान गएको स्थानीयले टिप्पणी गरेका छन । 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

प्रवासी नेपाली मंच स्लोभाकियाको अध्यक्षमा रुद्र किसन चयन

बेल्जियम । प्रवासी नेपाली मन्च स्लोभाकियाले रुद्र किसनलाई मन्चको अध्यक्ष चुनेको छ । मन्चको प्रथम अनलाइन भेलाले किसनको अध्यक्षतामा नयाँ कार्यसमिति चुनेको हो। भेलाले  ३१ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो।

गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको अध्यक्ष नेपाल सर्वसम्मत

बेल्जियम । गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको १० औं राष्ट्रीय महाधिबेशनले लोकेन्द्र नेपाललाई अध्यक्षमा सर्वसम्मत चयन गरेको छ ।

भिजिट भिसा प्रकरण ,पत्रकार महासंघ युकेको स्पाष्टोक्ति, गरिमा ख्याल राख्न अपिल

वीरगंज। नेपाल पत्रकार महासंघ यूकेले अधिवेशनको सन्दर्भमा ‘दर्जनभन्दा बढी व्यक्तिले भिजिट भिसा लिएको आशंका’ भन्दै आएका समाचारप्रति गम्भीर आपत्ति जनाएको छ।

समाज

भारतीय महिला माथि गोली प्रहार गर्ने शर्मा पक्राउ, प्रहरी अनुसन्धान गर्दै

वीरगञ्ज । एक भारतीय महिलामाथि गोली प्रहार गर्ने ब्यक्तिलाई पर्सा प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्ने ब्यक्तिको नाम प्रदीप शर्मा रहेको बताइएको छ ।

रौतहटको बसबिट्टी जिङ्गडिया एक महिलालाई  बोक्सीको आरोपमा चारपाटे मुडेर निर्घात कुटपिट

रौतहट।  रौतहटको गरुडा नगरपालिका–८ बसबिट्टी जिङ्गडिया निवासी ५५ वर्षीय सुशीला देवीलाई  बोक्सीको आरोपमा कुटपिट सहित अमानवीय व्यवहार गर्नेहरु फरार भएका छन ।

खेलकुद

क्रिकेटर सन्दीप लामिछानेको सम्मानमा उनको जन्मगाउँमा क्रिकेट रङ्गशाला बनाउन शुरू

स्याङ्गजा । नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान क्रिकेटर सन्दीप लामिछानेको सम्मानमा स्याङ्जामा क्रिकेट रङ्गशाला बनाउन शुरू गरिएको छ ।

राष्ट्रपति रनिङ शिल्डमा वीरगंजको लगातार तेस्रो जीत

वीरगंज  । वीरगंज महानगरपालिकाले लगातार तेस्रो वर्ष राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा प्रथम स्थान हासिल गर्दै शिल्ड आफ्नो स्थायी स्वामित्वमा ल्याएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.