logo

चोरीको मोटरसाइकलसहित १८ वर्षीय  यादव पक्राउ

 इसीमाना सम्वाददाता     २०७८ मंसिर २१ गते ०७: ०० मा प्रकाशित     762   पटक पढिएको

 जिल्ला प्रहरी कार्यालय पर्साले चोरीको मोटरसाइकलसहित १ जनालाई पक्राउ गरेको छ । मोटरसाईकलसहित चोरीमा संलग्न वीरगञ्ज महानगरपालिका वडा नम्बर १८ बस्ने १८ वर्षीय सोनालाल यादवलाई पनि प्रहरीले पक्राउ गरेको छ ।

 

वीरगञ्ज महानगरपालिका वडा नम्बर १८ स्थित अन्नपुर्ण वायर एण्ड स्टिल ईण्डस्ट्रिजको गेट अगाडी पार्किङ्ग गरी राखिएको अवस्थामा ना.१६ प ६८२५ नम्बरको हिरो होण्डा स्प्लेण्डर मोटरसाइकल चोरी भएको थियो ।

जगदम्बा मेटल क्राफ्ट ईन्डिस्ट्रिज वीरगञ्ज पर्साको नाममा रहेको मोटरसाईकल सोही ईण्डिस्ट्रिजमा कार्यरत बाराको फेटा गाउँपालिका वडा नम्बर १ निवासी गुड्डु कुमार गिरीले चलाउँदै आएको थिए । मंसिर १४ गते कामको सिलसिलामा अन्नपुर्ण वायरको अगाडी पार्किङ्ग गरिएको मोटरसाईकल चोरी भएको हो ।

चोरी भएको उजुरी परेपछि खोजतलाश गरीरहेको प्रहरीले मंसिर २० गते वीरगञ्ज महानगरपालिका वडा नम्बर १५ लक्ष्मणवा चोकमा नम्बर प्लेट हटाएर चलाईरहेको अवस्थामा मोटरसाईकल फेला पारेको हो । 

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

रंगपुरसम्मको बाँकी सडक निर्माण अघि बढेपछि गाउँपालिका अध्यक्षसहित टिमलाई धन्यवाद

रंगपुर। सखुवा प्रसौनी गाउँपालिका देखी पटेर्वा सुगौलीको वडा नं २ को रंगपुर बजारसम्म पुग्ने बाँकी सडक निर्माण कार्य अघि बढाउने तयारी भएपछि स्थानीयस्तरबाट गाउँपालिका अध्यक्ष तथा गाउँपालिका परिवारप्रति धन्यवाद व्यक्त गरिएको छ।

चीनमा पदक जित्ने वीरगंजका तीन तेक्वान्दो खेलाडीलाई महानगरपालिकाको सम्मान

चीनमा पदक जित्ने वीरगंजका तीन तेक्वान्दो खेलाडीलाई महानगरपालिकाको सम्मान
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.