logo

१८ वर्षिया युवतीलाई बन्धक बनाएर बलात्कार गरेको आरोपमा दुई फक्राउ

 इसीमाना सम्वाददाता     २०७८ मंसिर २२ गते ०८: २४ मा प्रकाशित     571   पटक पढिएको

१८ वर्षिया युवतीलाई बन्धक बनाएर बलात्कार गरेको आरोपमा प्रहरीले जगरनाथपुर गाउँपालिकाको वडा नं ६ संठीका २३ वर्षीय रामधेनी यादव र १९ वर्षीय अवध बिहारी यादवलाई ०७८ मंसीर २१ गते गिरफ्तार गरेको छ । 

 


स्कूल जादै गरेकी युवतीलाई अपहरण गरेर बन्धक बनाई बलात्कार गरेको अरोपमा प्रहरीले उनीहरुलाई गिरफ्तार गरेको हो । उनीहरुले बालिकालाई २० दिन सम्म बन्धक बनाएर बलात्कार गरेको पीडित युवतीले बताएकी छिन । पीडित युवतीका बुबाका अनुसार कात्तिक २३ गते बिहान ६ बजे  पटेर्वासुगौली गाउँपालिकाको वडा नं ५  मा रहेको श्री नेपाल राष्ट्रीय माध्यामिक बिद्यालय निचुटामा पढ्न जाने क्रममा बालिकालाई बाटोबाटै रामधेनी र अवध बिहारीले अपहरण शैलीमा नियन्त्रणमा लिई मोटरसाइकलमा राखेर वीरगन्जको घडिअर्वामा रहेको रामधेनीको डेरामा ल्याएर राखेका थिए । 


सुरुमा डेरामा तीन दिन राखेको र त्यसपछि दुवै युवकले १७ दिनसम्म रातिको समयमा डेराबाट बाहिर विभिन्न स्थानमा लगेर पटक(पटक बलात्कार गरेको पीडित युवतीले बताएकी छिन्।

 

उनले भनिन्, ‘सुरुको ३ दिन डेरामै राखेर मसँग कुर्कम गरे। त्यसपछि १७ दिनसम्म राती डेराबाट निकालेर बाहिर लैजान्थे। कहाँ लैजान्थे त्यो मलाई थाहा हुन्थेन। बाहिर लगेको बेलामा पनि दुबैले मसँग जबरजस्ती गर्थे।

 

मंसीर १३ गते अपहरणकारीको चंगुलबाट भाग्न सफल युवती सोही दिन अभिभावक सहित इलाका प्रहरी कार्यालय पोखरियामा पुगेकी थिइन । उनीहरुले पहिला अपहरणको मात्र उजुरी दिएका थिए । पछि मंसीर २१ गते पीडित युवतीले बलात्कारको समेत जाहेरी आफै लिएर गएकी थिइन ।

 

प्रहरीले बलात्कारको जाहेरी लिएपछि  मंसीर २२ गते युवतीको स्वास्थ्य परिक्षणकालागि अस्पताल पठाउदा पीडित बालिकाले नै स्वास्थ्य परिक्षण गराउन नमानेको इलाका प्रहरी कार्यालय पोखरियाका इन्सपेक्टर दीपक थापाले बताउनु भयो ।

 

युवतीका परिवारजनाले भने स्थानीय रुमा केही नेताहरुको धाक धम्की र प्रलोभनका कारण युवती स्वास्थ्य परिक्षण गर्न अनच्छिुक देखिएको बताएका छन । प्रहरीले अनुसन्धान भने जारी रहेको जनाएको छ । स्वस्थ्य परिक्षण नहुदैमा अनुुसन्धान नरोकिने इन्सपेक्टर थापाले बताउनु भयो । गिरफ्तार आरोपीलाई थप अनुसन्धानकोलागि इलाका प्रहरी कार्यालय पोखरियाले जिल्ला प्रहरी कार्यालय पर्सामा पठाएको छ । 

 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

भारतको लद्दाखमा राज्यको माग र स्वायत्तताका लागि चर्कियो आन्दोलन,४ को मृत्यु,भाजपा कार्यालयमा आगजनी

लेह ।  लद्दाखमा राज्यको माग र छैठौँ अनुसूचीमा समावेश गर्नुपर्ने आन्दोलन तीव्र बनेको छ।

समाज

सामुदायिक रेडियो नारायणी एफएमको वार्षिकोत्सवका अवसरमा समाचार वाचन प्रतियोगिता, तिमिल्सीना भए प्रथम

वीरगन्ज । सामुदायिक रेडियो नारायणी एफएमले आफ्नो २०औं वार्षिकोत्सवका अवसरमा आयोजना गरेको समाचार वाचन प्रतियोगिता सफलतापूर्वक सम्पन्न भएको छ।

रौतहटमा दुर्घटनापछिको तनाव, क्षतिपूर्तिको माग गर्दै पूर्व–पश्चिम राजमार्ग अवरुद्ध

रौतहट । रौतहटको चन्द्रनिगाहपुरस्थित मोथियाही पुल नजिकै शनिबार दिउँसोदेखि मृतकका आफन्तले पूर्व–पश्चिम राजमार्ग अवरुद्ध पारेका छन्।

खेलकुद

एनपीएल सिजन–२ ,काठमाडौँ गोर्खाजको विजयी सुरुआत

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट मा काठमाडौँ गोर्खाजले विजयी सुरुआत गरेको छ। जनकपुर बोल्ट्सले दिएको १३१ रनको लक्ष्य काठमाडौँले १८ ओभरमै ५ विकेट गुमाउँदै पूरा गर्‍यो।

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.