बाराको कोल्हबी नगरपालिका–९ मा आयोजित निःशुल्क आँखा शिविरमा १ सय ४६ जनाको आँखा परीक्षण गरिएको छ । आँखा परीक्षण गराएकामध्ये ६० जनामा मोतिबिन्दु देखा परेको छ ।
समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्र्तगत कोल्हबी नगरपालिका, वीरगञ्ज सामुदायिक आँखा केन्द्रसंगको सहकार्यमा शिविर आयोजना गरेको हो । वीरगञ्ज सामुदायिक आँखा केन्द्रका मेडिकल संयोजक महेश सिँह धामी, दृष्टि विशेषज्ञ शिखा पराजुली लगायतको टोलीले आँखा परीक्षण गरेका थिए ।
मोतिविन्दुका बिरामीहरुको बरिष्ठ नेत्र चिकित्सकहरुको टोलीले निःशुल्क शल्यक्रिया गर्ने वीरगञ्ज सामुदायिक आँखा अस्पतालका मेडिकल संयोजक धामीले जानकारी दिए ।
कोल्हबी नगरपालिकाका नगरप्रमुख भरत भण्डारीले नगरपालिकाको ११ वटै वडामा निःशुल्क आँखा शिविर सञ्चालन गर्ने घोषणा गरेका छन । नगरबासीलाई अन्धोपनबाट मुक्त गर्न कुनै कसर बाँकी नराख्ने नगरप्रमुख भण्डारीको प्रतिबद्धता छ ।
शिविरबाट आर्थिक अवस्था कमजोर भएका दृष्टिबिहिनहरु लाभान्वित भएको नगरपालिकाका स्वास्थ्य संयोजक साबिर अन्सारीको भनाई छ ।
तपाईको प्रतिक्रिया