वीरगञ्ज महानगरपालिकाका प्रमुख विजय कुमार सरावगीले ग्रिन हस्पिटल वैस्ट म्यानेजमेन्ट सेन्टरको उद्घाटनगर्नु भएको छ ।
सेन्टरको उद्घाटन गर्दै नगरप्रमुख सरावगीले अस्पतालजन्य फोहोरको उचित व्यवस्थापनका लागि सेन्टर सहयोगी साबित हुने विश्वास व्यक्त गर्नु भयो ।
अस्पतालजन्य फोहर व्यवस्थापन नहुँदा नगरवासीको स्वास्थ्यमा नकरात्मक असर पर्ने गरेकोमा अब त्यसको अन्त्य भएको सरावगीको दावी छ ।
लोक कल्याणकारी योजना अन्तरगत वीरगञ्ज महानगरपालिका वडा नम्बर १६ मा ६ करोड २२ लाखको लागतमा निर्मित सेन्टरको नगरप्रमुख सरावगीले सोमवार उद्घाटन गरेका हुन् ।
बीरगंजका अस्पतालबाट निस्कने फोहरलाई ब्यवस्थापन गर्न म्यानेजमेन्ट सेन्टरको निर्माण गरिएको हो । स्वास्थ्य संस्थाहरुबाट निस्किएका फोहोर पदार्थ, मानव अङ्ग लगायतका बेकार पदार्थलाई अत्याधुनिक मेसिनद्वारा व्यवस्थापन गरिने छ।
नारायणी अस्पतालका निमित्त मेडिकल सुपरिटेण्डेण्ट डा. बिरेन्द्र बहादुर प्रधानले वीरगञ्जमा पहिलो पटक नमुना काम भएकोमा खुशी व्यक्त गरे । कार्यक्रममा बीरगंज महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत निश्चलराज पाण्डे लगायतको सहभागिता रहेको थियो ।
तपाईको प्रतिक्रिया