logo

जाततन्त्र राजतन्त्रभन्दा पनि खतराः नेता बिश्वकर्मा

 इसीमाना सम्वाददाता     २०७८ मंसिर २९ गते ०३: ३३ मा प्रकाशित     701   पटक पढिएको

नेकपा एकिकृत समाजवादीका बारा अध्यक्ष एवं प्रदेश सभामा संसदीय दलका सचेतक सुन्दर बिश्वकर्माले जाततन्त्र राजतन्त्रभन्दा पनि खतरा रहेको बताएका छन ।  

 

वीरगञ्ज महानगरपालिका वडा नम्बर ८ पानीट्याङ्कीमा राष्ट्रिय दलित पत्रकार संघ पर्साको कार्यालय उद्घाटन गर्दै बिश्वकर्माले यस्तो बताएका हुन । 

नेता बिश्वकर्माले राजतन्त्र अन्त्य भएपनि समाजबाट जातीय व्यवस्था व्यावहारिक रुपमा निर्मुल हुन नसक्दा दलित समुदाय उपेक्षामा पर्दै आएको बताए । विगतमा अपमानपूर्वक हुने विभेदको स्वरुप परिवर्तन भएर अव  सम्मानपूर्वक विभेद हुन थालेको प्रष्ट पारे । 


कार्यक्रममा नेपाल पत्रकार महासंघक केन्द्रीय सदस्य के.सी.लामिछानेले सामन्ती बर्ण ब्यवस्थाका कारण दलीतहरुमाथि शोषण र उत्पीडिन भएको चर्चा गर्दै परिर्वतन आफैबाट शुरु गर्नु पर्ने बताए । लामिछानेले सहभोज मात्र होइन चुल्हो सम्म दलीत साथीलाई लैजाने वतावरण बनाउन आवश्यक रहेको बताए ।

 

अरुका आवाज उठाउने पत्रकारहरु आफै कुन अवस्थाबाट गुज्रिरहेका छन् भन्ने सोच्नुपर्ने विषय भएको बताउँदै लामिछानेले आफूलाई ठूलो मिडिया हाउस भन्नेहरुले पनि न्युनतम पारिश्रमिक समेत लागु नगरेको बताए । उनले साना लगानीका संचार माध्यमको प्रर्वद्धन र सम्र्वद्धनमा प्रदेश सरकारले कुनै योगदान गर्न नसकेको भन्दै प्रदेश सरकार मिडिया मैत्री नभएको गुनासो गरे । 


नेकपा एकीकृत समाजवादी पार्टी पर्साका अध्यक्ष बालगोपाल थापाले मानसिकतामा परिवर्तन नआएसम्म जातीय विभेदजस्ता  विकृतीको अन्तय नहुने बताए । 

यस्तै पहुँचमा पुगेका दलितहरु नै शासक बन्दा पनि दलित समुदायको उत्थान हुन नसकेको नेकपा माओवादी केन्द्र वीरगञ्ज महानगर कमिटीका अध्यक्ष रहबर अन्सारीको धारणा छ ।

निर्वाचित जनप्रतिनीधि, राजनीतिक दलका प्रतिनीधि एवम् बाहिर समानताका कुरा गर्नेहरुले नै छुवाछुत र जातीय विभेदलाई अंगीकार गर्दा परिवर्तन हुन नसकेको भन्दै अन्सारीले चिन्ता व्यक्त गरे । 

जनता समाजवादी पार्टी  पर्साका सचिव तबरेज अहमदले देशमा अँझै पनि जातीय विभेदको विषयमा बहस हुनु दुखद  भएको बताए । समानता र समावेशिताको विषयमा जसपाले विगतदेखि नै आवाज उठाउँदै र दलितलाई पनि अवसर प्रदान गर्दै आएको अहमदको दावी छ । 
 पर्साका सहायक प्रमुख जिल्ला अधिकारी भिमकान्त पौडेलले प्रशासनतर्फ पनि दलितको सहभागीता बढाउनका लागि सरकारले दलित आरक्षणको व्यवस्था गरेको बताए ।

समयको विकासक्रमसँगै मानिसको मानसिकता पनि विकास हुने क्रममा रहेको हुँदा विस्तारै जातिय व्यवस्था व्यवहारिक रुपमा पनि अन्त्य हुने पौडेलको विश्वास छ । 

कार्यक्रममा जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी उपरीक्षक रमेशकुमार बस्नेत, सशस्त्र प्रहरी नायब उपरीक्षक सन्तोष कुमार बस्नेत, नेपाल पत्रकार महासंघ प्रदेश नम्बर २ का महासचिव श्याम बन्जरा, राष्ट्रिय दलित आयोगका पूर्व सदस्य गया हजरा पासवान, जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी निरीक्षक सुमन कार्की, माओवादी केन्द्र प्रदेश नम्बर २ का सदस्य रामबाबु बैठा, नेकपा एकीकृत समाजवादी पार्टी वीरगञ्ज महानगर अध्यक्ष मनोज चौधरी, राष्ट्रिय दलित पत्रकार संघ प्रदेश २ की कोषाध्यक्ष सावित्री शर्मा लगायतको उपस्थिती रहेको दलित पत्रकार संघ पर्साका उपाध्यक्ष सुरेब बादलले जानकारी दिए ।

संघका सल्लाहकार बृजलाल पासवानले स्वागत मन्तव्य व्यक्त गरेको कार्यक्रमको सहजीकरण संघका सचिव सूर्यनारायण वि।क।ले गरेका थिए । 

 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

समाज

निर्वाचन प्रहरी भर्नाः तीन पटक म्याद थप्दा पनि आवेदन अपुग, आवेदन दिन बागलुङ आग्रह

बागलुङ ।  बागलुङ जिल्लामा आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि आवश्यक निर्वाचन प्रहरी भर्नामा अपेक्षाअनुसार आवेदन परेको छैन।

रौतहटमा दुई मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु

रौतहट । रौतहटको राजदेवी नगरपालिका–१ स्थित पथरा स्कुल नजिक गौर–पिपरा भित्री सडक खण्डमा दुई मोटरसाइकल आपसमा ठक्कर खाँदा दुई जनाको मृत्यु भएको छ।

खेलकुद

एनपीएल सिजन–२ ,काठमाडौँ गोर्खाजको विजयी सुरुआत

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट मा काठमाडौँ गोर्खाजले विजयी सुरुआत गरेको छ। जनकपुर बोल्ट्सले दिएको १३१ रनको लक्ष्य काठमाडौँले १८ ओभरमै ५ विकेट गुमाउँदै पूरा गर्‍यो।

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.