अपहरण मुद्दाका फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ । बहुदरमाई नगरपालिकाको वडा नं.८ बस्ने ६५ बर्षिय बिनोद साह कानुलाई पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको कैद असुल तथा फैसला कार्यान्वयन बिशेष टोलीले उनलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायव उपरिक्षक ओम प्रकाश खनालले जानकारी दिनु भयो ।
बहुदरमाई नगरपालिकाको गम्हरिया बस्ने दरोगा साह कानुको जाहेरीले नेपाल सरकार बादी र कानु प्रतिवाद िरहेको मुद्धामा पर्सा जिल्ला अदालतको मिति २०६७ पचास हजार जरीवाना तोकेको थियो ।
प्रहरीले बिहिबार एक बजे वीरगञ्ज महानगरपालिकाको वडा नं.१६ नगवा स्थितबाट कानुलााई पक्राउ गरेको हो ।
तपाईको प्रतिक्रिया