logo

प्याब्सन पर्साको अध्यक्षमा पुरन प्रधान  निर्विरोध निर्वाचित

 इसीमाना सम्वाददाता     २०७८ पौष ३ गते ०७: ३४ मा प्रकाशित     682   पटक पढिएको

प्याब्सन पर्साको शनिबार सम्पन्न १५ औं जिल्ला अधिवेशनबाट अध्यक्षमा पुरन प्रधान सर्वसम्मत रुपमा चयन भएका छन । 

बीरगंजको होटेल भिषूवामा सम्पन्न अधिवेसनको बन्द सत्रले अध्यक्षमा प्रधान  वरिष्ठ उपाध्यक्षमा सरोज प्रसाद चौधरी, उपाध्यक्षमा शिव गुप्ता, सचिवमा राहुल श्रीवास्तव, कोषाध्यक्षमा सुशीला साह, सह सचिवमा विरेन्द्र यादव, सह कोषाध्यक्षमा रामकिशोर यादवलाई निर्विरोध चयन गरेको छ । यसैगरी, सदस्यमा परिक्षा पिया लामा, राजेन्द्र चौधरी, मार्टिन मोक्तान, जेपी चौरसिया, सन्तोष कुमार, विश्वराज घिमिरे, सुरेश पन्त र सुदिल कुमार पनि निर्विरोध रुपमा चयन भएका छन् । 


निर्विरोध चयन भएका नव गठित कार्यसमितिका पदाधिकारीसहित सम्पूर्ण सदस्यहरुलाई प्रमुख निर्वाचन आयुक्त मणि पाख्रिनले शनिवारै नै शपथ पनि खुवाएका छन् । 


यसअघि, प्याब्सन पर्साको १५ औं जिल्ला अधिवेशनको नेपाल सरकारका वन तथा वातावरण मन्त्री रामसहाय यादवले पानसमा बत्ती बालेर उद्घाटन गरेका थिए । प्याब्सन पर्साका निवर्तमान अध्यक्ष डा. हरिशंकर साहको अध्यक्षतामा सम्पन्न १५ औं जिल्ला अधिवेशनको उद्घाटन सत्रमा, निलम्वित सांसद हरिनारायण रौनियार, प्रदेश सभासद करिमा बेगम, बीरगन्ज महानगरपालिकाका प्रमुख विजय कुमार सरावगी, चण्डी प्रसाद गण बीरगन्जका प्रमुख सेनानी मनोज कार्की, प्याब्सनका केन्द्रिय सदस्य प्रकाश उपाध्याय, नेकपा एमालेका पर्सा अध्यक्ष प्रभु हजरा, प्रहरी उपरीक्षक रमेश बस्नेत, अभिभावक संघका अध्यक्ष अमर गौतम, पत्रकार महासंघका अध्यक्ष अनुप तिवारी, नेपाली काँग्रेस जिल्ला सचिव श्याम पटेल, नेकपा एकिकृत समाजवादी पार्टीका शंकर कर्ण प्याब्सनका सल्लाहकारहरु, संस्था आवद्ध विद्यालयका संस्थापक तथा प्रिन्सिप, पत्रकार लगायतको उपस्थिति रहेको थियो । उद्घाटन सत्रमा बोल्दै वक्ताहरुले अधिवेशनको सफलताको शुभकामना व्यक्त गरेका थिए ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

समाज

निर्वाचन प्रहरी भर्नाः तीन पटक म्याद थप्दा पनि आवेदन अपुग, आवेदन दिन बागलुङ आग्रह

बागलुङ ।  बागलुङ जिल्लामा आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि आवश्यक निर्वाचन प्रहरी भर्नामा अपेक्षाअनुसार आवेदन परेको छैन।

रौतहटमा दुई मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु

रौतहट । रौतहटको राजदेवी नगरपालिका–१ स्थित पथरा स्कुल नजिक गौर–पिपरा भित्री सडक खण्डमा दुई मोटरसाइकल आपसमा ठक्कर खाँदा दुई जनाको मृत्यु भएको छ।

खेलकुद

एनपीएल सिजन–२ ,काठमाडौँ गोर्खाजको विजयी सुरुआत

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट मा काठमाडौँ गोर्खाजले विजयी सुरुआत गरेको छ। जनकपुर बोल्ट्सले दिएको १३१ रनको लक्ष्य काठमाडौँले १८ ओभरमै ५ विकेट गुमाउँदै पूरा गर्‍यो।

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.