logo

चिसोमा जेष्ठ नागरिकलाई महानगर प्रमुख सरावगीले उपलब्ध गराए न्यायो कपडा 

 इसीमाना सम्वाददाता     २०७८ पौष २२ गते ०७: १३ मा प्रकाशित     772   पटक पढिएको


 चिसोबाट प्रभावित जेष्ठनागरिकलाई वीरगन्ज महानगरपालिकाका नगर प्रमुख विजय कुमार सरावगीले न्यानो कपडा उपलब्ध गराउनु भएको छ ।

 

चिसोले कठांग्रिएर जनजीवन कष्टकर भइरहेको अवस्थामा जष्ठनागरिकलाई  वीरगन्ज माहानगरपालिकाको जनकल्याणकारी योजना ल्याएर न्यानो कपडा उपलब्ध गराएको हो ।

 

योजना अन्तर्गत माहानगरका ३२ वटै वडाका ज्येष्ठ नागरिकहरुलाई प्रतिव्यक्ति एक थान कम्बल, एकथान झुल, एकथान छाता र एकथान टर्च उपलब्धगराइएको छ । पुस १७ गते वडा नम्बर १४ बाट सुरु गरिएको  कम्बल वितरण अभियान अन्तर्गत बिहीबार वडा नम्बर ५, ८, १३, १५ र १६ का ज्येष्ठ नागरिकहरुलाई न्यानो कम्बल सहितको सामग्री वितरण गर्नुभएको छ ।

 

महानगरपालिकाले जनकल्याणकारी योजना अन्तर्गत महानगरभित्रका करिब ६ हजार ज्येष्ठ नागरिकहरुलाई न्यानो पार्ने कम्बल तथा अन्य आवश्यक सामग्रीहरु बितरण गर्ने योजना रहेको महानगर प्रमुख सरावगीले बताउनुभयो ।

 

यसैबीच महानगरपालिकाले चिसोबाट प्रभावित सर्वसाधारणका लागि सार्वजनिक स्थानमा आगो ताप्ने व्यावस्था समेत गरेको छ । महानगरपालिकाले प्रत्येक चोकमा आगो ताप्ने व्यावस्थाका लागि दाउराको व्यावस्था गरेको हो ।

 

डिभिजन वन कार्यालय पर्साबाट दाउरा खरिद गरेर ल्याई आजबाट दाउरा समेत वितरण शुरु गरेको महानगरपालिकाले जनाएको छ । महानगरपालिकाले पर्याप्त दाउराको माग गरेपनि डिभिजन वन कार्यालयले महानगरपालिकालाई पर्याप्त दाउरा उपलब्ध नगराएको नगर प्रमुखको सचिवालयले जनाएको छ ।  

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

सात विश्व कीर्तिमान बनाएका डा.आशिश विष्ट देशको सेवा गर्न भन्दै नेपाल फर्किए

काठमाडौं । डा.आशिष विष्टले आफूले विश्वस्तरमा सात वटा शैक्षिक कीर्तिमान तथा ४ वटा ग्लोबल उपाधि हासिल गरेको प्रमाणहरु सार्वजनिक गरेका छन् ।

अध्यक्ष श्रेष्ठद्वारा बिद्यालय भवन उद्धघाटन, पूर्व बिद्यार्थीले दिए शैक्षीक समाग्री

बीरगंज । ठोरी गाउँपालिका वडा नं. ५ सुवर्णपुरमा रहेको ज्ञानवाटिका माविको नवनिर्मित पक्की भवनको  उद्घाटन गरिएको छ ।

खेलकुद

ठोरीमा भदौ ६ देखि ७ ए–साइड फुटबल प्रतियोगिता संचालन हुने

वीरगंज । ठोरी गाउँपालिका–३, नयाँबस्ती ब्रह्मनगरमा रहेको आईटी कलेज खेल मैदानमा चौथो संस्करणको ७ ए–साइड फुटबल प्रतियोगिता आयोजना हुने भएको छ ।

नारायणी रंगशालाको स्तरउन्नतीकालागि १५ करोड बिनियोजन

वीरगंज । नेपालकै महत्वपूर्ण रंगशलाको रुपमा रहेको वीरगंजको नारायणी रंगशालाको र त्याहा रहेको बहुउद्धेश्यीय कर्भडहलको स्तरउन्नतीकोलागि १२ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.