१५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले बीरगंज महानगरपालिका वडा नं २३ सबैठवाका २० वर्षिय मुन्ना प्रसाद यादवलाई ०७८ माघ १० गते गिरफ्तार गरेको छ ।
जबरजस्ती करणी मुद्दामा पर्सा जिल्ला अदालतबाट ६ दिनको म्याद लिएर अनुसन्धान शुरु गरिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता डिएसपी ओम प्रकाश खनालले जानकारी दिनु भयो ।
आरोपीतले पीडित बालिकालाई डरत्रास देखाई अनुचित प्रभाव र दबाबमा पारी आफनै घरमा लगेर पटक पटक बलात्कार गरेको अभिभावकले माघ ९ गते जिल्ला प्रहरी कार्यालय पर्सामा दिएको जाहेरीमा उल्लेख छ ।
माघ ५ गते बीरगंज महानगरपालिकाको वडा नं १५ को भिषवामा रहेको साथीको डेराकोठामा लगि बलात्कार गरेको बालिकाका अभिभावकले बताए । पीडित बालिकाको स्वास्थ्य परिक्षण ९ गते नै बीरगंजको नारायणी अस्पतालमा भएको छ ।
तपाईको प्रतिक्रिया