logo

बालक हत्याको आरोपमा पर्सा प्रहरीद्वारा अनुसन्धानकालागि पाँच पक्राउ

 इसीमाना सम्वाददाता     २०७८ माघ ११ गते ०३: २८ मा प्रकाशित     536   पटक पढिएको

१२ वर्षिय बालक हत्याको आरोपमा प्रहरीले अनुसन्धानको क्रममा पाँच जनालाई गिरफ्तार गरेको छ ।

 

पुस २३ गते दिउँसो ४ बजेको समयमा जगरनाथपुर गाउँपालिकाको वडा नं.६ स्थित ऊखु खेतमा नागेश्वर  प्रसाद कुर्मीको १२ वर्षिय छोरा मन्टु प्रसाद कुर्मीको शव मरामद भएको थियो । घाँटी थिचिएको अवस्थामा शव फेला परेकोले प्रहरीले अनुसन्धान शुरु गरेको थियो । 


पीडितको किटानी जाहेरी र प्रहरीको अनुसन्धानबाट खुल्न आएका तथ्यको आधारमा उनीहरुलाई गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायव उपरिक्षक ओम प्रकाश खनालले जानकारी दिनु भयो । 

 

प्रहरीले  पर्साको जगरनाथपुर गाउँपालिका वडा नं. ६ का ६४ बर्षिय गोवारी राउत अहिर, ५५ बर्षिय नग राउत अहिर, ३२ बर्षिय शत्रुधन प्रसाद यादव, ३० बर्षिय मनमोहन प्रसाद यादव र २५ बर्षिय रोहन प्रसाद यादवलाई प्रहरीले पक्राउ गरेको हो ।

 

ईलाका प्रहरी कार्यालय पोखरियाबाट खटिएको टोलीले पर्साको छिपहरमाई गाउँपालिका वडा नं.६ भिष्वास्थित नेपाल भारत सीमाबाट माघ ८ गते पांचै जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ । 

 

पक्राउ परेका सबै जना विरुद्ध अपहरण तथा कर्तव्य ज्यान पर्सा जिल्ला अदालतबाट ७ दिन म्याद लिई अनुसन्धान भइरहेको प्रवक्ता खनालले जानकारी गराए ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

प्रवासी नेपाली मंच स्लोभाकियाको अध्यक्षमा रुद्र किसन चयन

बेल्जियम । प्रवासी नेपाली मन्च स्लोभाकियाले रुद्र किसनलाई मन्चको अध्यक्ष चुनेको छ । मन्चको प्रथम अनलाइन भेलाले किसनको अध्यक्षतामा नयाँ कार्यसमिति चुनेको हो। भेलाले  ३१ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो।

गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको अध्यक्ष नेपाल सर्वसम्मत

बेल्जियम । गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको १० औं राष्ट्रीय महाधिबेशनले लोकेन्द्र नेपाललाई अध्यक्षमा सर्वसम्मत चयन गरेको छ ।

भिजिट भिसा प्रकरण ,पत्रकार महासंघ युकेको स्पाष्टोक्ति, गरिमा ख्याल राख्न अपिल

वीरगंज। नेपाल पत्रकार महासंघ यूकेले अधिवेशनको सन्दर्भमा ‘दर्जनभन्दा बढी व्यक्तिले भिजिट भिसा लिएको आशंका’ भन्दै आएका समाचारप्रति गम्भीर आपत्ति जनाएको छ।

समाज

भारतीय महिला माथि गोली प्रहार गर्ने शर्मा पक्राउ, प्रहरी अनुसन्धान गर्दै

वीरगञ्ज । एक भारतीय महिलामाथि गोली प्रहार गर्ने ब्यक्तिलाई पर्सा प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्ने ब्यक्तिको नाम प्रदीप शर्मा रहेको बताइएको छ ।

रौतहटको बसबिट्टी जिङ्गडिया एक महिलालाई  बोक्सीको आरोपमा चारपाटे मुडेर निर्घात कुटपिट

रौतहट।  रौतहटको गरुडा नगरपालिका–८ बसबिट्टी जिङ्गडिया निवासी ५५ वर्षीय सुशीला देवीलाई  बोक्सीको आरोपमा कुटपिट सहित अमानवीय व्यवहार गर्नेहरु फरार भएका छन ।

खेलकुद

क्रिकेटर सन्दीप लामिछानेको सम्मानमा उनको जन्मगाउँमा क्रिकेट रङ्गशाला बनाउन शुरू

स्याङ्गजा । नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान क्रिकेटर सन्दीप लामिछानेको सम्मानमा स्याङ्जामा क्रिकेट रङ्गशाला बनाउन शुरू गरिएको छ ।

राष्ट्रपति रनिङ शिल्डमा वीरगंजको लगातार तेस्रो जीत

वीरगंज  । वीरगंज महानगरपालिकाले लगातार तेस्रो वर्ष राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा प्रथम स्थान हासिल गर्दै शिल्ड आफ्नो स्थायी स्वामित्वमा ल्याएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.