logo

बिश्व रक्तदाता दिवसमा भब्य समारोहको आयोजना हुने

 इसीमाना सम्बाददाता     २०७८ फागुन २२ गते ०३: ०० मा प्रकाशित     708   पटक पढिएको

ब्लड डोनर्स एशोसिएशन पर्साले बिश्व रक्तदाता दिवसमा भब्य समारोहको आयोजना गर्ने भएको छ । राष्ट्रिय रक्तदाता दिवसको अवसरमा आज अयोजीत चियापान तथा छलफल कार्यक्रममा एशोसिएशनका सचिव अरविन्द सिंहले यस्तो जानकारी दिनु भएको हो ।

 


रगन्जको वीर्तामा रहेको फुडकोर्ट क्याफेमा आयोजीत कार्यक्रममा रक्तदाता समुहका अगुवाहरुले रगतको अभाव हुन नदिन ठोस कार्यक्रमका साथ अगाडि बढनु पर्नेमा जोड दिएका छन । उनीहरुले बीरगंजमा रहेका शिक्षण संस्थामा अध्ययनरत बिद्यार्थीहरुलाई रक्तदान गर्नकालागि प्रोत्साहित गर्नु पर्नेमा जोड दिए ।

 

रगत अभावको सम्भावित समस्या समाधानका लागि रक्तदाताहरुलाई परामर्श गर्ने, सरोकारवाला संघसंस्थाहरुसँग समन्वय गर्ने तथा गाउँ गाउँमा रक्तादान गर्नका लागि प्रोत्साहन गर्ने अभियान सञ्चालन गर्नुपर्नेमा अगुवाको जोड थियो ।

 

बीरगंज पथलैया कोरिडोरमा रहेका उधोगका मजदुरहरुले रक्तदान गर्ने वतावरण बनाउनकालागि पहल गर्नु पर्ने अगुवाहरुले सुझाव दिएका छन ।

ब्लड डोनर्स एशोसिएसन पर्साका सचिव अरविन्द सिंहले अहिले पर्सामा औसतमा बार्षिक १२ हजार पिन्ट रगत आवश्यकता पर्ने गरेको तर बार्षिक १० हजार पिन्ट मात्रै रगत संकलन हुने गरेको जानकारी दिदै रगत अभाव पूर्ति गर्न रगत संकलनलाई वृद्धि गर्नुपर्ने बताउनुभयो ।

 

ब्लड डोनर्स एशोसिएसन पर्साका अध्यक्ष शत्रुघ्न नेपालको अध्यक्षतामा भएको छलफल तथा चियापान कार्यक्रममा नेकपा एमालेका वीरगन्ज महानगर उपाध्यक्ष महेस दास, नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य के.सी. लामिछाने, महासंघ प्रदेशका महासचिव श्याम बञ्जारा, रक्तसञ्चार केन्द्र वीरगन्जका प्राविधिक प्रमुख शौरभराज पाण्डे, वुमेन फर ब्लडकी अध्यक्ष रोशनी श्रेष्ठ, भोलेण्टियर समूहका संयोजक राजन श्रीवास्तव, सदस्यहरु श्याम सर्राफ, किशु सर्राफ लगायतको उपस्थिति रहेको थियो ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

प्रधानमन्त्री राहतकोषमा बिभन्न बैक, मधेश प्रदेशका पदाधिकारी र ब्यक्तिद्वारा सहयोग रकम उपलब्ध गराइदै

वीररगंज ।ग्लोबल आइएमई बैंकले भोटेकोशी नदीको भीषण बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनर्स्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५ करोड रुपैयाँ सहयोग गर्ने घोषणा गरेको छ ।

वडा नं. २ मा नवनिर्मित सामुदायिक धर्मशालाको कार्यवाहक नगर प्रमुख आलमद्वारा उद्घाटन

वीरगंज । वीरगंज महानगरपालिका वडा नं. २ मा नवनिर्मित सामुदायिक धर्मशालाको एक विशेष समारोहका बीच भव्य उद्घाटन गरिएको छ।

खेलकुद

ठोरीमा भदौ ६ देखि ७ ए–साइड फुटबल प्रतियोगिता संचालन हुने

वीरगंज । ठोरी गाउँपालिका–३, नयाँबस्ती ब्रह्मनगरमा रहेको आईटी कलेज खेल मैदानमा चौथो संस्करणको ७ ए–साइड फुटबल प्रतियोगिता आयोजना हुने भएको छ ।

नारायणी रंगशालाको स्तरउन्नतीकालागि १५ करोड बिनियोजन

वीरगंज । नेपालकै महत्वपूर्ण रंगशलाको रुपमा रहेको वीरगंजको नारायणी रंगशालाको र त्याहा रहेको बहुउद्धेश्यीय कर्भडहलको स्तरउन्नतीकोलागि १२ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.