logo

बिश्व रक्तदाता दिवसमा भब्य समारोहको आयोजना हुने

 इसीमाना सम्बाददाता     २०७८ फागुन २२ गते ०३: ०० मा प्रकाशित     582   पटक पढिएको

ब्लड डोनर्स एशोसिएशन पर्साले बिश्व रक्तदाता दिवसमा भब्य समारोहको आयोजना गर्ने भएको छ । राष्ट्रिय रक्तदाता दिवसको अवसरमा आज अयोजीत चियापान तथा छलफल कार्यक्रममा एशोसिएशनका सचिव अरविन्द सिंहले यस्तो जानकारी दिनु भएको हो ।

 


रगन्जको वीर्तामा रहेको फुडकोर्ट क्याफेमा आयोजीत कार्यक्रममा रक्तदाता समुहका अगुवाहरुले रगतको अभाव हुन नदिन ठोस कार्यक्रमका साथ अगाडि बढनु पर्नेमा जोड दिएका छन । उनीहरुले बीरगंजमा रहेका शिक्षण संस्थामा अध्ययनरत बिद्यार्थीहरुलाई रक्तदान गर्नकालागि प्रोत्साहित गर्नु पर्नेमा जोड दिए ।

 

रगत अभावको सम्भावित समस्या समाधानका लागि रक्तदाताहरुलाई परामर्श गर्ने, सरोकारवाला संघसंस्थाहरुसँग समन्वय गर्ने तथा गाउँ गाउँमा रक्तादान गर्नका लागि प्रोत्साहन गर्ने अभियान सञ्चालन गर्नुपर्नेमा अगुवाको जोड थियो ।

 

बीरगंज पथलैया कोरिडोरमा रहेका उधोगका मजदुरहरुले रक्तदान गर्ने वतावरण बनाउनकालागि पहल गर्नु पर्ने अगुवाहरुले सुझाव दिएका छन ।

ब्लड डोनर्स एशोसिएसन पर्साका सचिव अरविन्द सिंहले अहिले पर्सामा औसतमा बार्षिक १२ हजार पिन्ट रगत आवश्यकता पर्ने गरेको तर बार्षिक १० हजार पिन्ट मात्रै रगत संकलन हुने गरेको जानकारी दिदै रगत अभाव पूर्ति गर्न रगत संकलनलाई वृद्धि गर्नुपर्ने बताउनुभयो ।

 

ब्लड डोनर्स एशोसिएसन पर्साका अध्यक्ष शत्रुघ्न नेपालको अध्यक्षतामा भएको छलफल तथा चियापान कार्यक्रममा नेकपा एमालेका वीरगन्ज महानगर उपाध्यक्ष महेस दास, नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य के.सी. लामिछाने, महासंघ प्रदेशका महासचिव श्याम बञ्जारा, रक्तसञ्चार केन्द्र वीरगन्जका प्राविधिक प्रमुख शौरभराज पाण्डे, वुमेन फर ब्लडकी अध्यक्ष रोशनी श्रेष्ठ, भोलेण्टियर समूहका संयोजक राजन श्रीवास्तव, सदस्यहरु श्याम सर्राफ, किशु सर्राफ लगायतको उपस्थिति रहेको थियो ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

भारतको लद्दाखमा राज्यको माग र स्वायत्तताका लागि चर्कियो आन्दोलन,४ को मृत्यु,भाजपा कार्यालयमा आगजनी

लेह ।  लद्दाखमा राज्यको माग र छैठौँ अनुसूचीमा समावेश गर्नुपर्ने आन्दोलन तीव्र बनेको छ।

प्रवासी नेपाली मंच स्लोभाकियाको अध्यक्षमा रुद्र किसन चयन

बेल्जियम । प्रवासी नेपाली मन्च स्लोभाकियाले रुद्र किसनलाई मन्चको अध्यक्ष चुनेको छ । मन्चको प्रथम अनलाइन भेलाले किसनको अध्यक्षतामा नयाँ कार्यसमिति चुनेको हो। भेलाले  ३१ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो।

समाज

दाइजोको निहुँमा कर्तव्य ज्यान मुद्दाका फरार अपराधी वीरगन्जमा पक्राउ

वीरगन्ज । जिल्ला प्रहरी कार्यालय पर्साले दाइजोको निहुँमा कर्तव्य ज्यान मुद्दामा अदालतबाट एक वर्ष कैद र १० हजार रुपैयाँ जरिवानाको सजाय तोकिएका फरार प्रतिवादीलाई पक्राउ गरेको छ।

वीरगन्ज महानगरको कार्यालयमा आगलागीका कारण शैक्षिक फाइल नष्ट, विद्यालयहरूलाई पुनः कागजात बुझाउन आग्रह

कार्तिक १३। वीरगन्ज महानगरपालिका–नगर कार्यपालिकाको कार्यालयमा भदौ २४ गते भएको आगलागीका कारण शैक्षिक प्रशासन महाशाखाका महत्त्वपूर्ण फाइलहरू नष्ट भएपछि महानगरपालिकाले सम्बन्धित शैक्षिक संस्थाहरूसँग पुनः कागजात बुझाउन आग्रह गरेको छ।

खेलकुद

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।

वीरगंज युनाइटेडलाई टाइब्रेकरमा हराउँदै प्रतिभा युवा क्लब फाइनलमा प्रवेश

ठोरी ।स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा जारी चौथो ठोरी गोल्डकप–२०८२ अन्तर्गत हिजो सम्पन्न दोस्रो सेमिफाइनल खेलमा आयोजक प्रतिभा युवा क्लब बिजयबस्तीले वीरगंज युनाइटेडलाई रोमाञ्चक टाइब्रेकरमा पराजित गर्दै फाइनलमा स्थान सुनिश्चित गरेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.