४६ वर्षिया महिलालाई शरीर बन्धक बनाई ज्यान मार्ने तथा सामुहिक बलात्कार गरेको अभियोग लागेका धोवीनी गाउँपालिका वडा नं का ५१ वर्षिय सेराजुल मिया र सोही ठाउ निवासी ५० वर्षिय जोहरा खातुन लाई प्रहरीले ०७८ फाल्गुण २४ गते गिरफतार गरेको छ ।
उनीहरुलाई धोवीनी गाउँपालिकाको वडा नं ५ बाट गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता डिएसपी ओमप्रकाश खनालले जानकारी दिनु भयो ।
ओरोपीले फाल्गुण ९ गते ति महिलालाई घरमा अन्य ३ जना ब्यक्ति बोलाई कोठमा बन्दक बनाएर पीडितको गुप्ताङ्गमा लठ्ठी पसाई गम्भीर घाइते बनाएर फरार भएका थिए ।
आरोपीलाई इलाका प्रहरी कार्यालय पोखरियाले शरीर बन्धक, ज्यान मार्ने उद्योग तथा सामूहिक जबरजस्ती करणी मुद्दामा अनुसन्धान अगाडि बढाएको छ ।
भारततर्फ फरार रहेका पीडितको पति, निजकै कान्छी श्रीमती र अन्य १ जना व्यक्तिको तदारूकताका साथ खोजतलास भइरहेको खनालले जानकारी दिनु भयो । आफनै श्रीमान र सौताले अन्य ब्यक्ति बोलाएर यातना दिएको पीडित महिलाले बताइन ।
तपाईको प्रतिक्रिया