१५ वर्षिय बालिकालाई बिवाह गर्ने प्रलोभनमा पारी नयाँ नयाँ ठाउँ घुमाउने बाहनामा पटक पटक बलात्कार गरेको आरोपमा प्रहरीले चैत ७ गते अपरान्ह साढे चार बजे बहुदरमाई नगरपालिका वडा नं ९ बिश्रामपुर निवासी ३५ वर्षिय सन्देश महतो कोइरीलाई बीरगंज महानगरपालिकाको वडा नं १३ राधेमाईबाट गिरफ्तार गरेको छ ।
कोइरीले चैत ६ गते राती बीरगंज महानगरपालिकाको वडा नं १५ भिषूवमा रहेको आफनो कोठामा लगी बालिकालाई बलात्कार गरेको भन्दै बालिकाका बुवाले चैत ७ गते जिल्ला प्रहरी कार्यालय पर्सामा जाहेरी दिएका छन ।
पीडित बालिकाको स्वास्थ्य परिक्षण चैत ८ गते बीरगंजको नारायणी असपतालमा भएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी प्रवक्ता डिएसपी ओम प्रकाश खनालले जानकारी दिनु भयो ।
पर्सा जिल्ला अदालतबाट ५ दिनको म्याद लिई महतोलाई न्यायीक हिरासतमा राखी जबरजस्ती करणी मुद्दामा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।
तपाईको प्रतिक्रिया