logo

नेपाललाई हिन्दु राष्ट्र कायम गर्न हिन्दु राष्ट्र स्वाभिमान जागरण अभियान घर घरमा

 इसीमाना सम्वाददाता     २०७८ चैत १२ गते ०८: ३६ मा प्रकाशित     505   पटक पढिएको

हिन्दु राष्ट्र स्वाभिमान जागरण अभियानले वीरगन्जमा ‘प्रबुद्ध नागरिक गोष्ठी एवम् साहित्य परिचय’ कार्यक्रम भव्य रुपमा सम्पन्न गरेको छ । वीरगन्ज स्थित जैन धर्मशालामा आयोजित गोष्ठीलाई सम्बोधन गर्दै नेपाली चलचित्रका नायक एवं समहुदी फाउन्डेशनका अध्यक्ष निलिख उप्रेतीले ईतिहास, संस्कृति, परम्परा र जनसंख्याको आधारमा नेपाल स्वयंसिद्ध हिन्दु राष्ट्र नै रहेको बताउनु भयो ।

 


उहाँले हिन्दु धर्म संस्कृति बिज्ञानसम्मत रहेको बताउदै, विज्ञान पनि हिन्दु धर्म संस्कृति अनुसारनै चल्दै आएको प्रष्ट पार्नु भयो । नेपालमा हिन्दु धर्म गौण हुदै गईरहेको छ, हिन्दू धर्मको रक्षा गर्न नसकिए नेपालीको अस्तित्व नै समाप्त हुने भन्दै चिन्ता ब्यक्त गर्नु भयो ।’


नेपाललाई नेपाली जनताकै कारण हिन्दु राष्ट्र गुमाउँनु पुगेका छौ उहाँले भन्नु भयो , ‘हाम्रै देश, गाउँ, परम्परा, भाषा र रहन सहन थियो, हामी कहिना कहि चुकर विदेशीहरुको प्रभावमा परी ठूलो गल्ती गरेका छौ जसको कारणले गर्दा हाम्रो परम्परा, मुल्य मान्यता दबिएको छ ।’


धर्मनिरपेक्षता संगै देशका नयाँ पिडिमा नयाँ छाप छोडिएको छ धर्म, संस्कृतिको ज्ञान अभावका कारण हिन्दुधर्मलाई रुढीवादी सोच तर्फ धकेल्न पुगिएको छ । प्रायोजित एजेण्डा अनुसार देशमा हिन्दु धर्मको सूत्रलाई समाप्त पर्ने युवापिडीलाई प्रयोग गर्ने काम भईरहेकोले समयमै आफनो धर्म संस्कृतिको जर्गेनामा ध्यान पु¥याउँन आवश्यक रहेको उनले बताए ।


कार्यक्रममा राजनीतिक विश्लेषक डा.देवेश झाले धर्मनिरपेक्षताको नाममा समाजमा हिन्दु धर्म विरुद्ध भ्रम छर्ने काम भईरहेकोमा आपत्ती जनाउनु भयो ।
हाम्रो राष्ट्रको हजारौं बर्ष पुरानो विशिष्ट पहिचान हिन्दुत्व नै रहेकोले यसको संरक्षण गर्न आवश्यक रहेको उहाँले जोड दिनु भयो ।

 

हिन्दुत्व अर्थात हिन्दू हुनुको भाव, यसलाई हिन्दुत्व रुपी पहिचानलाई राष्ट्रबाट त्यागिदिने हो भने देश केवल एउटा भूखण्ड मात्र रहने छ त्यसैले हिन्दुत्व हाम्रो राष्ट्रको र यहाँको समाजको तथा हजारौं बर्षदेखि चलिआएको हाम्रो महान् परम्पराको प्रतीक भएकोले यसको संरक्षण गर्न घर घरमा पुगेर हिन्दुलाई लगाउँन आवश्यक रहेको उनले बताउनु भयो ।


कार्यक्रममा बरिष्ठ समाजसेवी अशोक बैद्यले विश्वको एक मात्र नेपाल हिन्दु राष्ट्र भएकोमा यसको पहिचान समेत देशका नेताहरुले मास्ने काम गरेको आरोप लगाउनु भयो । जनताको जनमत नै नलिई देशलाई धर्म निरपेक्ष घोषणा गरेका कारण विश्वकै एक मात्र पहिचान हिन्दु राष्ट्र गुमेको उहाँले बताउनु भयो । विदेशीको ईसारमा आर्थिक प्रलोभनमा नेपाललाई धर्मनिरपेक्ष घोषणा गरेको आरोप लगाउनु भयो ।’



कार्यक्रमका संयोजक माधव राजपाल , बाबा बजरंगी दास र अभियानका जिल्ला संयोजक सत्रुधन गिरीले ‘हिन्दुराष्ट्र नेपाल’ नामक तयार पारिएको पुस्तकको संयुक्त रुपमा विमोचन समेत गरेका थिए ।


एन प्याप्सन पर्साका अध्यक्ष राम श्रेष्ठ, प्याबन नगर अध्यक्ष आलोक चौरसिया, संघका जिल्ला संघचालक ललन द्धिवेदी, हिन्दु स्वयंसेवक संघका विभाग सेवा प्रमुख रामेश्वर गुप्ता, काँग्रेस युवा नेता राकेश यादव लगायतले कार्यक्रमका अतिथिहरुलाई मायाको चिन्हो, तथा गम्छा ओढाई भव्य रुपमा सम्मान गरेका थिए ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

भारतको लद्दाखमा राज्यको माग र स्वायत्तताका लागि चर्कियो आन्दोलन,४ को मृत्यु,भाजपा कार्यालयमा आगजनी

लेह ।  लद्दाखमा राज्यको माग र छैठौँ अनुसूचीमा समावेश गर्नुपर्ने आन्दोलन तीव्र बनेको छ।

प्रवासी नेपाली मंच स्लोभाकियाको अध्यक्षमा रुद्र किसन चयन

बेल्जियम । प्रवासी नेपाली मन्च स्लोभाकियाले रुद्र किसनलाई मन्चको अध्यक्ष चुनेको छ । मन्चको प्रथम अनलाइन भेलाले किसनको अध्यक्षतामा नयाँ कार्यसमिति चुनेको हो। भेलाले  ३१ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो।

समाज

दाइजोको निहुँमा कर्तव्य ज्यान मुद्दाका फरार अपराधी वीरगन्जमा पक्राउ

वीरगन्ज । जिल्ला प्रहरी कार्यालय पर्साले दाइजोको निहुँमा कर्तव्य ज्यान मुद्दामा अदालतबाट एक वर्ष कैद र १० हजार रुपैयाँ जरिवानाको सजाय तोकिएका फरार प्रतिवादीलाई पक्राउ गरेको छ।

वीरगन्ज महानगरको कार्यालयमा आगलागीका कारण शैक्षिक फाइल नष्ट, विद्यालयहरूलाई पुनः कागजात बुझाउन आग्रह

कार्तिक १३। वीरगन्ज महानगरपालिका–नगर कार्यपालिकाको कार्यालयमा भदौ २४ गते भएको आगलागीका कारण शैक्षिक प्रशासन महाशाखाका महत्त्वपूर्ण फाइलहरू नष्ट भएपछि महानगरपालिकाले सम्बन्धित शैक्षिक संस्थाहरूसँग पुनः कागजात बुझाउन आग्रह गरेको छ।

खेलकुद

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।

वीरगंज युनाइटेडलाई टाइब्रेकरमा हराउँदै प्रतिभा युवा क्लब फाइनलमा प्रवेश

ठोरी ।स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा जारी चौथो ठोरी गोल्डकप–२०८२ अन्तर्गत हिजो सम्पन्न दोस्रो सेमिफाइनल खेलमा आयोजक प्रतिभा युवा क्लब बिजयबस्तीले वीरगंज युनाइटेडलाई रोमाञ्चक टाइब्रेकरमा पराजित गर्दै फाइनलमा स्थान सुनिश्चित गरेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.