logo

फूलजोर पुलमा यत्राुबाहक बस दुर्घटना,चारको मृत्यु दुईको सनाखत हुन बाँकी, बत्तीस घाइते

 इसीमाना सम्वाददता     २०७८ चैत १३ गते ०५: ५० मा प्रकाशित     645   पटक पढिएको

महेन्द्र राजमार्ग राजमार्ग अन्तर्गत सर्लाही स्थित फूलजोर पुलबाट बस खस्दा चार जनाको मृत्यु भएको छ । त्यस मध्य दुई जनाको सनाखत हुन नसकेको मधेश प्रदेश ट्राफीक प्रहरी कार्यालय पथलैयाले जनाएको छ ।

 

मृतकमध्ये सिन्धुलीको तिनपाटन गाउँपालिका २, की ३० वर्षीया शर्मिला कार्की श्रेष्ठ र भारतीय नागरिक अन्दाजी २४ वर्षीय सुनिल यादवको सनाखत भएको हो ।

 

प्रहरीका अनुसार मृतक श्रेष्ठ तीन महिने सुत्केरी हुन् । दुर्घटनामा उनकी तीन महिने छोरी अवासी श्रेष्ठ भने सामान्य घाइते मात्र रहेको प्रहरीले जनाएको छ । ती बच्चीको लालबन्दीस्थित मोडेल अस्पतालमा उपचार चलिरहेको छ ।

 

एक महिला सहित दुई मृतकको भने पहिचान खुल्न बाँकी रहेको छ । उनीहरुको पनि पहिचान खुलाउने प्रयास भईरहेको प्रहरीले जनायो । मृतक ४ जनाकै शव पोष्टमार्टमका लागि मलंगवा स्थित प्रादेशिक अस्पतालमा राखिएको छ ।

 

वीरगंजबाट जनकपुर जाँदै गरेको ना. ४ ख ८५५५ नम्बरको यात्रुबाहक बस बिहान सबा ११ बजे लालबन्दी नगरपालिका र ईश्वरपुर नगरपालिकाको सीमामा पर्ने फूलजोर खोलाको पुलबाट तल खसेको थियो । दुर्घटनामा परेर बसका चालक सहित ३२ जना घाइते भएको प्रहरीले जनाएको छ ।

 

बसका चालक बाराको कलैया उपमहानगरपालिका १२ निवासी ४८ वर्षीय ज्योतिप्रसाद साहको समेत प्रहरी निगरानीमा उपचार चलिरहेको छ ।

घाईतेमध्ये गम्भीर १० जनालाई काठमाडौं, वीरगञ्ज, बर्दिवास तर्फ थप उपचारका लागि पठाईएको छ भने सामान्य घाईते २२ जनाको भने लालबन्दी र रानिगंजका विभिन्न स्वास्थ्य केन्द्रहरुमा उपचार भईरहेको लालबन्दी प्रहरीले जनाएको छ ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

सुशासन र पारदर्शीता नचाहने प्रमुख प्रशासकीय अधिकृत यादवलाई बिभागीय कारवाहीको सिफारिश सहित आयोगले डाम्यो

वीरगञ्ज । पारदर्शीताको पक्षमा नरहेका सुशासनको प्रत्याभूती गर्न नचाहने एक जना अधिकृतलाई  राष्ट्रिय सूचना आयोगले डामेको छ । पर्साको जगन्नाथपुर गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सन्देशकुमार यादवलाई १६ हजार जरिवाना गरेर आयोगले डामेको हो ।

आत्मदाह प्रयास पछि गम्भिर घाइते भएका सर्लाहीको गोडैताका मण्डलको मृत्यु

हरिवन । आत्मदाह प्रयासपछि गम्भीर घाइते भएका सर्लाहीको गोडैता नगरपालिकाका २५ वर्षीय विवेक मण्डलको उपचारकै क्रममा मृत्यु भएको छ ।

खेलकुद

नारायणी रंगशालाको स्तरउन्नतीकालागि १५ करोड बिनियोजन

वीरगंज । नेपालकै महत्वपूर्ण रंगशलाको रुपमा रहेको वीरगंजको नारायणी रंगशालाको र त्याहा रहेको बहुउद्धेश्यीय कर्भडहलको स्तरउन्नतीकोलागि १२ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।

मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता शुरु ,पूर्वमन्त्री जयसवालले गरे उद्धघाटन

सिमरा । मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता मंगलबारदेखि सिमरामा सुरु भएको छ । राष्ट्रिय स्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने खेलाडी छनोट गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.