logo

हस्ताक्षर भएको चेकबाट रकम निकालेको आरोपमा तमाङ पक्राउ

 इसीमाना सम्बाददाता     २०७८ चैत १३ गते ०६: १८ मा प्रकाशित     673   पटक पढिएको

हस्ताक्षर भएको चेकबाट रकम निकालेको आरोपमा प्रहरीले मकवानपुर जिल्ला हेटौँडा उपमहानगरपालिका वडा नं. १२ पदमपोखरी बस्ने ३३ वर्षिय मनोज तामाङलाई पक्राउ गरेको छ ।

 


तमाङले माघ १० गते बीरगंज बसपार्कमा एउटा यात्रुको पाकेट मारेका थिए ( पाकेटबाट पर्स चोरेका थिए ) भाईको बिवाह उत्सवमा सहभागि हुन आएका भक्तपुर जिल्लाको भक्तपुर नगरपालिका वडा नं ८ का ३४ वर्षिय सञ्जु महर्जनको पर्स तमाङले चोरी गरेका थिए ।

 

पर्समा रहेको रुपैयाको खर्च गरेका तमाङले महर्जनले हस्ताक्षर गरि राखेको चेकबाट समेत रकम निकालेका थिए । महर्जजनले हिमालयन ब्याङ्कको चेकमा २ लाख रुपैया लेखेर हस्ताक्षर समेत गरेका थिए । सोही रकम झिकी त्यसबाट सुनको तिलहरी, दराज लगायतका सामान खरिद गरेका छन ।

 

भने आफनो खातामा ४९ हजार नगद जम्मा समेत गरेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी प्रवक्ता डीएसपी ओमप्रकाश खनालले जानकारी दिनु भयो ।

 

तमाङलाई प्रहरीले बीरगंज महानगरपालिकाको वडा नं १५ बाट पक्राउ गरेको हो । उनीसंग समानहरु पनि बरामद भएका छन । बैंकहरुले नगद भूक्तानी दिदा झिक्नेको परिचयपत्र र शंका लागेमा खातावाला संग फोन सम्पर्क समेत गर्ने गर्छन ।

 

सुरक्षाको यस्तो मापदण्ड अपाउने बैंकहरुले बढी मात्राको निकासी दिदा अझै ध्यान दिनु पर्ने यो घटनाले शिक्षा दिएको छ ।

 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

चिया चौतारो छाडेर,श्रमदानमाबाटै हुलाकी सडक सफा गर्दै सुवर्णपुरका स्थानीय

ठोरी । ठोरी गाउँपालिका–५ सुवर्णपुरस्थित ओरिया खोला पुल नजिकको बागमोर्चा क्षेत्रका स्थानीयवासीले शनिबार बिदाको समय सदुपयोग गर्दै हुलाकी सडक सरसफाइ गरेका छन।

विपद् राहत कोषमा मदिना जामे मस्जिदद्वारा १ लाख १ हजार रुपैयाँ सहयोग

वीरगञ्ज ।वीरगञ्ज महानगरपालिका–६ स्थित मदिना जामे मस्जिदले नेपाल सरकारको प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ लाख १ हजार रुपैयाँ सहयोग गरेको छ।

खेलकुद

ठोरीमा भदौ ६ देखि ७ ए–साइड फुटबल प्रतियोगिता संचालन हुने

वीरगंज । ठोरी गाउँपालिका–३, नयाँबस्ती ब्रह्मनगरमा रहेको आईटी कलेज खेल मैदानमा चौथो संस्करणको ७ ए–साइड फुटबल प्रतियोगिता आयोजना हुने भएको छ ।

नारायणी रंगशालाको स्तरउन्नतीकालागि १५ करोड बिनियोजन

वीरगंज । नेपालकै महत्वपूर्ण रंगशलाको रुपमा रहेको वीरगंजको नारायणी रंगशालाको र त्याहा रहेको बहुउद्धेश्यीय कर्भडहलको स्तरउन्नतीकोलागि १२ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.