logo

श्रमजीवी पत्रकारको न्यूनतम तलवका बिषयमा बीरगंजमा छलफल सम्पन्न

 इसीमाना सम्वाददता     २०७९ जेठ १३ गते ०७: ५८ मा प्रकाशित     734   पटक पढिएको

न्यूनतम पारिश्रमिक निर्धारण समितिले पर्साका पत्रकारहरु संग आज छलफल गरेको छ । श्रमजीवी पत्रकार ऐन कार्यान्वयनको अवस्था, चुनौती र भावी रणनीति बारे न्यूनतम पारिश्रमिक समितिले छलफल गरेको हो ।

 

होटेल कुमु प्यालेसमा आयोजित छलफलमा सहभागी पत्रकाहरुले न्यूनतम पारिश्रमिक निर्धारण समितिले श्रमजीवी पत्रकार ऐन कार्यान्वयन गराउनमा केन्द्रित हुनु पर्ने सुझाव दिएका थिए ।

कार्यक्रममा समितिका सदस्य गोपाल तिवारीले पत्रकारहरुको समस्या जिल्ला जिल्लामा पुगेर सुन्न र बुझ्न समितिले देशब्यापी छलफल चलाएको बताए ।

 

उनले समितिले पत्रकारहरुको आधाुभूत तलव ३० हजार ४ सय रुपैया पुर्याउने गरि सरकारलाई सिफारिश गरेको जानकारी दिए ।

 

नेपाल पत्रकार महासंघ पर्साका शाखाका अध्यक्ष अनुप तिवारीको अध्यक्षतामा भएको कार्यक्रममा समितिका सदस्य बिमला पाण्डेले श्रमजीवी पत्रकार ऐनको कार्यान्वयनमा रहेको चुनौती र अहिलेको अवस्थाको बारेमा देशब्यापी छलफल पछि सरकारलाई सुझाव दिइने बताइन ।

 

उनले ऐन नै परिर्वतनकोलागि आवश्यक भएको समेत चर्चा गरिन । नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव दीपेन्द्र चौहानले श्रमजीवी पत्रकारकोलागि अझै अवसर रहेको बताए ।

 

उनले समितिलाई पत्रकारको तलव सिफरिश गरेकोमा प्रंसशा गरे । कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य के.सी.लामिछानेले स्वरोजगार मुलक संचार माध्यममा श्रमजीवी पत्रकार ऐनको कार्यान्वयनको अवस्था सन्तोषजनक रहेको बताए ।

 

तर अन्यमा श्रमजीवी पत्रकार अहिले पनि पेशागत रुपमा असुरक्षीत रहेको बताए । कार्यक्रममा पत्रकारहरु महेशचन्द्र गौतम, बिजय भण्डारी ,सुरेश बिडारी क्रान्ति साह, आर.के.पटेल, जगत राई राजन रौनीयार दीपक गौतम लगायतले आफनो बिचार राखेका थिए ।

 

नेपाल पत्रकार महासंघ पर्साका सचिव भुषण यादवले संचालन गरेको कार्यक्रममा स्वागत नेपाल पत्रकार महासंघ पर्साका सदस्य तिवारी यादवले गरेका थिए ।

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

बारा–पर्साका ग्रामीण बस्ती जोड्न साझा यातायातको तयारी, अध्ययन समिति गठन

वीरगंज । बारा र पर्साका विभिन्न पालिकाका ग्रामीण बस्तीलाई सार्वजनिक यातायातमार्फत जोड्ने योजना अघि बढेको छ। वीरगंज महानगरपालिकासहित अन्तरपालिका सार्वजनिक यातायात सेवा सञ्चालन गर्ने तयारीसँगै आवश्यक अध्ययनका लागि समिति गठन गरिएको छ।

घटस्थापनासँगै बडादशैँ सुरु, घरघरमा जमरा राखियो

वीरगञ्ज । नेपालीहरूको महान् पर्व बडादशैँ आज घटस्थापनासँगै सुरु भएको छ। आश्विन शुक्ल प्रतिपदाका दिन मनाइने घटस्थापनाको अवसरमा देशभरका घरघरमा विधिपूर्वक पूजा–आराधना गरी जमरा राखिएको छ।

खेलकुद

चाफीमा फुटबलको रोमाञ्च, उद्घाटन खेलमै कञ्चनपुरको शानदार विजय

रंगपुर । पर्साको पटेर्वा सुगौली गाउँपालिका–२ स्थित चाफी खेलकुद मैदानमा विजया दशमी, दीपावली तथा छठ पर्वको अवसरमा खुला नकआउट फुटबल प्रतियोगिता सुरु भएको छ।

सेढवामा भेट्रान फुटबलको तयारी तीव्र, विजेतालाई ५० हजार पुरस्कार

वीरगन्ज । पर्साको जिराभवानी गाउँपालिका–२ सेढवामा जिराभवानी भेट्रान क्लबको आयोजनामा भेट्रान फुटबल प्रतियोगिता हुने भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.