logo

मानव बेचबिखनको आरोपमा तीन जना गिरफ्तार

 इसीमाना सम्बाददाता      २०७९ जेठ १६ गते ०८: १० मा प्रकाशित     764   पटक पढिएको

२५ वर्षिया युवतीलाई जबरजस्ती करणी गरी बेचबिखन गर्न खोजेको आरोपमा मोरङ जिल्लाको कटहरी गाउँपालिका वडा नम्बर ४ स्थायी घर भई हाल पर्साको वीरगञ्ज महानगरपालिका वडा नम्बर ८ स्थित एक रेष्टुरेण्टमा काम गर्ने २५ वर्षीय सुरज कुमार साह, जुम्लाको हेमा गाउँपालिका वडा नम्बर ३ जोगीवडा स्थायी घर भई हाल वीरगञ्ज महानगरपालिका वडा नम्बर १६ फूलबारी टोलमा बस्ने ३५ वर्षीय हरिश्चन्द्रनाथ योगी र वीरगञ्ज महानगरपालिका वडा नम्बर १६ की ४२ वर्षीय लक्ष्मी बुढाथोकी लाई पर्सा प्रहरीले गिरफ्तार गरेको छ ।


विवाहको प्रलोभन देखाएर जबरजस्ती करणी गरी बेचबिखन गर्न खोजेको आरोपमा जिल्ला प्रहरी कार्यालय पर्साले उनीहरुलाई गिरफ्तार गरेका जनाएको छ । ।


काठमाण्डौ बस्ने २५ वर्षीय युवतीलाई विवाह गर्ने प्रलोभन देखाएर जेठ ५ गते वीरगञ्ज बोलाई बसपार्कस्थित होटल राखी सुरजले पटक पटक करणी गरेर जेठ ९ गते होटलकी सञ्चालिका लक्ष्मीको जिम्मा लगाई फरार भएको प्रहरीले जनाएको छ ।

 
जेठ १० गते लक्ष्मीले हरिश्चन्द्रनाथको साथमा युवतीलाई पठाएको अनुसन्धानको क्रममा खुलेको छ । हरिश्चन्द्रनाथले युवतीलाई आफ्नो कोठामा लगी मानसिक र शारिरीक यातना दिएर पटक पटक जबरजस्ती करणी गरेर कोठामै बन्धक बनाएर राखेको प्रहरीद्वारा जारी प्रेस नोटमा उल्लेख छ ।

जेठ १४ गते राति मौका छोपेर युवती उक्त स्थानबाट भागेर आफन्तको सम्पर्कमा आएकको उजुरी जिल्ला प्रहरी कार्यालय पर्सामा प्राप्त भएपछि प्रहरीले अनुसन्धान थालेको थियो ।

 

घटनाको विवरण प्राप्त भएपश्चात वीरगञ्जका विभिन्न स्थानबाट पक्राउ गरी जबरजस्ती करणी र मानव बेचबिखन तथा ओसारपसार कसूरमा आवश्यक अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता एवम् डिएसपी ओमप्रकाश खनालले जानकारी दिनु भयो ।

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

बारा–पर्साका ग्रामीण बस्ती जोड्न साझा यातायातको तयारी, अध्ययन समिति गठन

वीरगंज । बारा र पर्साका विभिन्न पालिकाका ग्रामीण बस्तीलाई सार्वजनिक यातायातमार्फत जोड्ने योजना अघि बढेको छ। वीरगंज महानगरपालिकासहित अन्तरपालिका सार्वजनिक यातायात सेवा सञ्चालन गर्ने तयारीसँगै आवश्यक अध्ययनका लागि समिति गठन गरिएको छ।

घटस्थापनासँगै बडादशैँ सुरु, घरघरमा जमरा राखियो

वीरगञ्ज । नेपालीहरूको महान् पर्व बडादशैँ आज घटस्थापनासँगै सुरु भएको छ। आश्विन शुक्ल प्रतिपदाका दिन मनाइने घटस्थापनाको अवसरमा देशभरका घरघरमा विधिपूर्वक पूजा–आराधना गरी जमरा राखिएको छ।

खेलकुद

चाफीमा फुटबलको रोमाञ्च, उद्घाटन खेलमै कञ्चनपुरको शानदार विजय

रंगपुर । पर्साको पटेर्वा सुगौली गाउँपालिका–२ स्थित चाफी खेलकुद मैदानमा विजया दशमी, दीपावली तथा छठ पर्वको अवसरमा खुला नकआउट फुटबल प्रतियोगिता सुरु भएको छ।

सेढवामा भेट्रान फुटबलको तयारी तीव्र, विजेतालाई ५० हजार पुरस्कार

वीरगन्ज । पर्साको जिराभवानी गाउँपालिका–२ सेढवामा जिराभवानी भेट्रान क्लबको आयोजनामा भेट्रान फुटबल प्रतियोगिता हुने भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.