मेलामा नक्कली नोट समट्दै गर्दा प्रहरीले पर्साको जगरनाथपुरमा लागेको मेलाबाट दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।
दुर्गा भगवती मेलामा नक्कली नेपाली एक हजार दरका नोटहरु साट्दे गर्दा उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायव प्रहरी उपरिक्षक ओमप्रकाश खनालले जानकारी दिए ।
पक्राउ पर्नेमा बहुदरमाई नगरपालिका वडा नं ८ का अजय सहनी र पटेर्वा सुगौली गाँपालिका घर भई बहुदरमाई ८ बस्ने अजय सहनी रहेका छन ।
ईलाका प्रहरी कार्यालय पोखरियाबाट खटिएको टोलीले एक हजार दरका २० थान नोट सहित पक्राउ परेका उनीहरुलाई मुद्रा सम्बन्धी कसूरमा अनुसन्धान अगाडि बढाइएको खनालले जानकारी दिए ।
तपाईको प्रतिक्रिया