प्रहरीले तीन लाख मूल्य बराबरको लत्ता कपडा र खाद्य समाग्री बीरंज भन्सार कार्यालयमा बुझाएको छ ।
राजस्व छलेर चोरी गरि पैठारी गरीरहेको अवस्थामा इनर्वा, नगवा र छपकैयाबाट ती समानहरु पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता ओम प्रकाश खनालले जानकारी दिए ।
अवैध रूपमा भन्सार छली ओसार पसार गर्दै गरेको अवस्थामा नियन्त्रणमा लिई बरामद गरिएका तीन लाख ३६ हजार ५ सय ७० रुपैया बराबरका विभिन्न किसिमका लत्ताकपडा तथा खाद्यान्न सामाग्रीहरू आवश्यक कारवाहीको लागि शुक्रवार वीरगञ्ज भन्सार कार्यालयमा बुझाइएको खनालले बताए ।
तपाईको प्रतिक्रिया