logo

भिनाजुद्वारा सालोको हत्या, अनुसन्धानको क्रममा पाँच जना पक्राउ

 इसीमाना सम्वाददता     २०७९ जेठ ३० गते ०९: ०६ मा प्रकाशित     688   पटक पढिएको

जिल्ला पर्सा बहुदरमाई नगरपालिका वडा नं.२ सिसियाडी बैरियाटोलका ४० वर्षिय राजेश रामको हत्याको आरोपमा प्रहरीले ५ जनालाई गिरफ्तार गरेको छ ।

 

जेठ २८ गते उनी जगरनाथपुर गाउँपालिका वडा नं.६ स्थित नारा खोलाको खोल्सामा मृत अवस्थामा भेटिएका थिए । शरिर घोप्टो परेको र घाँटीमा गम्छा कसिएको अवस्थामा उनको शव फेला परेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी प्रवक्ता डिएसपी ओमप्रकाश खनालले बताए ।


हत्याकाण्डाको अनुसन्धानको क्रममा प्रहरीले ५ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा जगरनाथपुर गाउँपालिका वडा नं ६का ४५ वर्षिय हिरामन महरा, ३६ वर्षिय रामबालक महरा,४० वर्षिया बसन्ती देवी,३५ वर्षिया सुनिता देवी र २२ वर्षिया रिन्कु देवी रहेका छन ।


२४ गते राजेश राम जगरनाथपुर गाउँपालिका वडा नं ६ मा दिदीको घरमा गएका थिए । हत्या आरोपमा पक्राउ परेका हिरामन महरा राजेशका भिनाजु हुन ।

 

महरा र उनको भाई मिलेर घाँटी थिची रामको हत्या गरेको खुल्न आएको प्रहरीले जनाएको छ । राम अनैतीक क्रियाकलापमा संलग्न भएको भन्दै परिवारका सदस्य मिली उनको हत्या गरेकोले विरुद्ध ज्यान सम्बन्धी कसूर कर्तव्य ज्यानमा मुद्धा दर्ता गरि अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

भारतको लद्दाखमा राज्यको माग र स्वायत्तताका लागि चर्कियो आन्दोलन,४ को मृत्यु,भाजपा कार्यालयमा आगजनी

लेह ।  लद्दाखमा राज्यको माग र छैठौँ अनुसूचीमा समावेश गर्नुपर्ने आन्दोलन तीव्र बनेको छ।

समाज

वीरगंज महानगरको  आमसञ्चार प्रवर्द्धन तथा नियमन समिति संयोजकमा शत्रुघ्न नेपाल नियुक्त

वीरगंज । वीरगंज महानगरपालिकाको ‘आमसञ्चार प्रवर्द्धन तथा नियमन समिति’ को संयोजक पदमा पत्रकार शत्रुघ्न नेपाल नियुक्त भएका छन।

बढ्दो चिसो संगै महानगरले शिक्षण संस्था बिदाको अवधी थप्यो, अब २० गते शिक्षण संस्था खुल्ने

वीरगन्ज । चिसो झन् बढ्दै जानुका साथै शीतलहर पनि कम नहुँदा वीरगन्ज महानगरपालिकाले विद्यालयहरूमा थप तीन दिन जाडो बिदा थपेको छ।

खेलकुद

एनपीएल सिजन–२ ,काठमाडौँ गोर्खाजको विजयी सुरुआत

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट मा काठमाडौँ गोर्खाजले विजयी सुरुआत गरेको छ। जनकपुर बोल्ट्सले दिएको १३१ रनको लक्ष्य काठमाडौँले १८ ओभरमै ५ विकेट गुमाउँदै पूरा गर्‍यो।

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.