logo

सशस्त्र प्रहरीद्वारा गाँजा बरामद, १२ लाखको सामान भन्सार दाखिला

 इसीमाना सम्वाददता     २०७९ कार्तिक १९ गते ०३: ५० मा प्रकाशित     366   पटक पढिएको

बहुदरमाई नगरपालिका वडा नं ७ छपकैयाबाट सशस्त्र प्रहरीले ७ किलो गाँजा बरामद गरेको छ ।

 


छपकैयास्थित बाँसको झाँगमा लुकाइराखिएको सात किलो गाँजा बेवारिसे अवस्थामा बरामद भएको हो ।

 

गाँजा आवश्यक कारवाहीकोलागि नेपाल प्रहरीलाई बुझाईको सशस्त्र प्रहरी बल नेपाल नं.१३ गण पर्साका सूचना अधिकारी सशस्त्र प्रहरी नायब उपरीक्षक सन्तोष कुमार बस्नेतले जानकारी दिए ।

यसैवीच सशस्त्र प्रहरी बल नेपाल पर्साले एक सातामा १२ लाख ७० हजार मूल्य बराबरको विभिन्न सामानहरु बरामद गरी वीरगंज भन्सारमा बुझाएको छ ।

 

वीरगंज महानगर–१६ इनर्वा, बिन्दवासीनी गाउँपालिकाको छपकैया, ठोरी गाउँपालिका , जीराभवानी र सुख्खा बन्दरगाह लगायतको क्षेत्रबाट नियन्त्रणमा लिइएको सामा भन्सार कार्यलयमा बुझाएको हो ।

 

सशस्त्र प्रहरीले कपडा, चिनी, कस्मेटिक सामान, हार्डवेयर सामान,माछा, सुर्ती, अटोलगायत १२ लाख ७० हजार मूल्य बराबरको सामान बरामद गरी वीरगंज भन्सार कार्यालयमा बुझाएको बस्नेतले जानकारी बताए ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

प्रवासी नेपाली मञ्च क्यानडाको अध्यक्षमा रमेश धिताल चयन

प्रवासी नेपाली मञ्च क्यानडाको अध्यक्षमा रमेश धिताल सहितको कार्यसमिति सर्वसम्मत चयन भएका छन ।

अभियन्ता चौधरीलाई ‘ग्लोबल एन्टी रेसिजम च्याम्पेनसिप अवार्ड’

वाशिङ्गटन डिसी । नेपालकी सामाजिक अभियन्ता उर्मिला चौधरीे ग्लोबल एन्टी रेसिजम च्याम्पेनसिप अवार्डद्वारा सम्मानित भएकी छिन ।

खेलकुद

क्रिकेटर  प्रविण र एसईईमा सर्वोत्कृष्ट  नतिजा ल्याउने  साह वीरगंज महानगरद्वारा सम्मानित

वीरगंज । नेपाली महिला टोलीलाई विश्वकप क्रिकेटसम्मको यात्रामा योगदान पु¥याउने वीरगंजकी क्रिकेट खेलाडी साना प्रविण र यस वर्षको एसईई परीक्षामा पर्सा जिल्ला प्रथम भएकी रिया साहलाई वीरगंज महानगरपालिकाले आइतबार एक कार्यक्रमकाबीच सम्मान गरेको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बिरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बिरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.