मतदातालाई प्रभाव पार्ने गरि वितरण गर्न लागिएको धारा प्रहरीले बरामद गरेको छ ।
पर्सा जिल्लाको निर्वाचन क्षेत्र नम्बर ३ बिन्दवासनी गाउपालिका वडा नम्बर ४ अमरपटीका धिरज चौरसियाको घरबाट धारा बरामद गरेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता डिएसपी दीपक गिरीले जानकारी दिए ।
गएको स्थानीय तहको निर्वाचना चौरसियाले नेकपा एमालेबाट वडा अध्यक्षको निर्वाचन लडेका थिए । चौरसियाको घरबाट १६ थान मुडा, १६ थान हयान्डील, डिआई पाइप २ सय पिस (२० बण्डल) बरामद गरिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक दिपक गिरीले बताए ।
गिरीले बिन्दवासनी गाउपालिका वडा नम्बर ४ अमरपटी निवासी धिरज चौरसियाको घरबाट चापाकल(धारा) बरामद गरिएपनि उक्त धारा कसको हो भन्ने खुलाएनन् ।
तपाईको प्रतिक्रिया