सडक दुर्घटनामा परि घाइते भएका वीरगंज महानगरपालिकाको वडा नं १२ मुर्लीका १९ वर्षिय साहिल अन्सारीको उपचारको क्रममा मृत्यु भएको छ ।
शनिवार साँझ वीरगंज महानगरपालिकाको वडा नं १४ नृसिंह माध्यामिक बिद्यालय नजिक मधेश प्रदेश ०३ ०२७ प ००९८ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुदा अन्सारी घाइते भएका थिए ।
उनी संगै रहेका २० वर्षिय सरताज अन्सारी पनि घाइते भएका थिए । उनीहरुलाई उपचारकोलागि स्पर्शमल्टी स्पेशियालीटी हस्पिटलमा भर्ना गरिएको थियो ।
उपचारको क्रममा साहिलको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता डिएसपी दीपक गिरीले जानकारी दिए । सरताजको अवस्था सामान्य रहेको बताएको छ ।
तपाईको प्रतिक्रिया