Wednesday, 7 May 2025, 7:52:35 pm

पशुपती रोड क्यारियर्सको मालबाहक ट्रक प्रहरीको नियन्त्रणमा

 इसीमाना सम्वाददाता     २०७९ मंसिर १४ गते ०५: ३२ मा प्रकाशित     390   पटक पढिएको

पशुपती रोड क्यारियर्सको मालबाहक ट्रक पक्राउ गरि जिल्ला प्रहरी कार्यालय पर्साले आवश्यक कारवाहीकोलागि राजश्व अनुसन्धान कार्यालय पथलैयामा बुझाएको छ ।

 


बिशेष सूचनाको आधारमा वीरगञ्ज महानगरपालिका वडा नं. ८ घण्टाघरचोक नजिक सडकखण्डमा ना.७ ख ६८७५ नम्बरको मालवाहक ट्रक पक्राउ गरेको हो ।

 

ट्रकमा ५५ लाख रुपैया बराबरको सामान रहेको जिल्ला प्रहरी कार्याल पर्साका प्रवक्ता प्रहरी नायव उपरिक्षक दीपक गिरीले जानकारी दिए ।


ट्रकमा बिल बिजक भन्दा बढीको खुद्रा तथा औषधीजन्य सामाग्रीहरू फेला परेपछि प्रहरीले नियन्त्रणमा लिएको हो ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु