logo

नेपथ्यको एक महिने सांगीतिक यात्रा भोलिदेखि सुरु हुँदै, वीरगंजको ‘आदर्शनगर रंगशाला’ १९ गते

 इसीमाना सम्वाददाता     २०७९ मंसिर १५ गते ०७: २० मा प्रकाशित     512   पटक पढिएको

नेपथ्यको एक महिने सांगीतिक यात्रा भोलिदेखि सुरु हुँदैछ। मंसिर १६ गते विराटनगरदेखि सुरु हुने उक्त कन्सर्ट देशभरका सातै प्रदेशमा आयोजना हुनेछ।

 

नेपथ्य टिम एक महिने सांगीतिक यात्राको लागि देशदौडाहमा जान निकै उत्साहित छ। विराटनगरको हाटखोला मैदानमा आयोजना हुने पहिलो कन्सर्टका लागि आफ्नो टिम तयारी अवस्थामा रहेको नेपथ्यका गायक अमृत गुरुङले फेसबुकमा उल्लेख गरेका छन्।

 

यसरी पूर्वी नेपालको केन्द्र विराटनगरबाट सुरु हुने यात्रा क्रमशः १९ गते वीरगंजको ‘आदर्शनगर रंगशाला’, २२ गते हेटौंडाको ‘भूटनदेवी स्कुल मैदान’, २५ गते नारायणघाटको ‘क्याम्पाचौर’, २९ गते नेपालगन्जको रंगशाला र पुस ३ गते धनगढीको रंगशालामा हुनेछ।

 

त्यसैगरि, पुस ६ गते वीरेन्द्रनगर सुर्खेतको खुलामञ्च, पुस ९ गते बुटवलको रामनगर खेलमैदान र पुस १२ गते पोखरास्थित प्रदर्शनी केन्द्रमा नेपथ्यले सांगीतिक प्रस्तुति दिनेछन्।

अन्तिममा नेपथ्य ब्याण्ड राजधानी काठमाडौं पुग्नेछ। काठमाडौंको पुस १६ गते भृकुटीमण्डपमा हुने कन्सर्टमा नेपथ्यले आफ्नो अन्तिम प्रस्तुती दिनेछ। आफ्ना गीतहरूलाई ‘मानवता प्रवर्द्धन अभियान’सँग जोड्नका लागि नेपथ्यले मुलुकभर फैलिएको सामाजिक संस्था ‘मानव सेवा आश्रम’सँग सहकार्य गरेको हो।

 

नेपथ्यको सातै प्रदेशमा आयोजना हुने कन्सर्टलाई ‘नेपालय’ले व्यवस्थापन गर्दैछ। मानव सेवा आश्रमको भवन निर्माणकालागि सहयोग जुटाउने उद्धेश्यले यो सांगीतीक यात्राको आयोजना गरिएको हो । 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

भारतको लद्दाखमा राज्यको माग र स्वायत्तताका लागि चर्कियो आन्दोलन,४ को मृत्यु,भाजपा कार्यालयमा आगजनी

लेह ।  लद्दाखमा राज्यको माग र छैठौँ अनुसूचीमा समावेश गर्नुपर्ने आन्दोलन तीव्र बनेको छ।

प्रवासी नेपाली मंच स्लोभाकियाको अध्यक्षमा रुद्र किसन चयन

बेल्जियम । प्रवासी नेपाली मन्च स्लोभाकियाले रुद्र किसनलाई मन्चको अध्यक्ष चुनेको छ । मन्चको प्रथम अनलाइन भेलाले किसनको अध्यक्षतामा नयाँ कार्यसमिति चुनेको हो। भेलाले  ३१ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो।

खेलकुद

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।

वीरगंज युनाइटेडलाई टाइब्रेकरमा हराउँदै प्रतिभा युवा क्लब फाइनलमा प्रवेश

ठोरी ।स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा जारी चौथो ठोरी गोल्डकप–२०८२ अन्तर्गत हिजो सम्पन्न दोस्रो सेमिफाइनल खेलमा आयोजक प्रतिभा युवा क्लब बिजयबस्तीले वीरगंज युनाइटेडलाई रोमाञ्चक टाइब्रेकरमा पराजित गर्दै फाइनलमा स्थान सुनिश्चित गरेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.