logo

पर्सागढीमा आधारभूत सामुदायीक आखाँकेन्द्र संचालनमा

खर्च अभावमा कोही पनि आँखाको उपचारबाट वञ्चित हुनु पर्दैनः नगरप्रमुख पाठक

 इसीमाना सम्वाददाता     २०८० बैशाख ११ गते ०७: २० मा प्रकाशित     882   पटक पढिएको

पर्सागढी नगरपालिकाको हरपुरमा आधारभूत सामुदायिक आखाँ केन्द्रको सोमवार एक बिशेष कार्यक्रमका वीच पर्सागढी नगरपालिकाका प्रमुख गोकर्ण पाठकले उद्धघाटन गरेका छन ।


केन्द्रको उद्धघाटन गर्दै नगरप्रमुख पाठकले अन्धोपन नियन्त्रणको मुलमन्त्रलाई कार्यान्वयन गर्नकालागि केन्द्रको स्थापना गरिएको बताए ।

 

उनले पर्सागढी नगरपालिका भित्रका स्वास्थ्य संस्थाहरुमा बिभिन्न रोगको परिक्षण र उपचारकालागि नगरपालिकाले काम गर्ने बताए ।

No description available.

पर्सागढीका नगरिकलाई स्वास्थ्य सम्बन्धी आधारभूत सेवा गुणस्तरीय र प्रभावकारी रुपमा उपलब्ध गराउने आफनो उद्धेश्य रहेको प्रष्ट पार्दै उनले भने आधारभूत सेवा सहज र निशुल्क बनाइने छ ।


केन्द्रको संचालनले नागरिकलाई फाइदा पुग्ने चर्चा गर्दै उनले खर्च अभावमा कोही पनि आँखाको उपचारबाट वञ्चित हुन नपरोस् भन्ने आफनो मुल मन्त्र रहेको बताए ।

 

खर्च जुटाउन नसकेर संसार देख्ने आश मारिसकेकालाई समेत संसार देखाउने नगरपालिकाको योजना रहेको बताउदै नगरप्रमुख पाठकले नागरिकले यसको लाभ लिएको दिन आफूले सन्तोष लिने ठाउँ बन्ने बताए ।

No description available.

उनले भने मलाई बिश्वास छ “मैले यो काम नगरपालिकाको स्वास्थ्य शाखा, वीरगंज सामुदायीक आँखा केन्द्र समेतको सहयोगमा निष्ठापूर्वक गरेको छु निष्ठापूर्वक गरेको गरेको कामले अवश्य फल दिनेछ ।

नगरप्रमुख पाठकले
उपचार केन्द्रमार्फत अन्धोपन निवारणका लागि उपचारात्मक र चेतनात्मक कार्य गरिने उनले जानकारी दिए ।


यसैगरि प्रमुख प्रशासकीय अधिकृत छवीरमण भट्टराईले गुणस्तरीय, सस्तो र सबैखाले सहजताले गर्दा आखाँको उपचार केन्द्रको लाभ पर्सागढीका नागरिकलाई हुने बिश्वास ब्यक्त गरे ।

उनले अज्ञानता र गरिबीले गर्दा आँखाको ज्योति फर्काउन सकिदैन भन्ने मान्यतालाई गलत सावित गर्न केन्द्रले काम गर्नु पर्ने सुझाव दिए ।


नगरपालिकाका स्वास्थ्य शाखाका प्रमुख नारायण पौडेलले अन्धोपन निवारणमा पर्सागढी नगरपालिकाले अंगिकार गरेको मोडेल अन्य स्थानीय तहकालागि पनि अनुकरणीय हुने बताए ।

No description available.

आँखा केन्द्र संचालनकालागि प्राविधिक सहयोग उपलब्ध गराउने वीरगंज सामुदायीक आँखा केन्द्रका मेडिकल संयोजक महेश सिंह धामीले हरपुरमा संचालीत सामुदायीक आँखा केन्द्र ग्रामीण जनताको घर दैलोमा उपचार दिने केन्द्रको रुपमा स्थापित हुने बताए ।

उनले पर्सागढी नगरपालिकाले आँखाको उपचार सेवा आफना नागरिकलाई घर आँगनमा दिने अठोट गरेकोमा प्रशंसा गरे । पर्सागढी नरपालिकाको नेतृत्व नागरिक स्वास्थ्य प्रति जिम्मेवार छ भन्ने पुष्टि भयो उनले भने “घर घरमा सिंहदरवारको अनुभूती यस्तै कामले हुनेछ ” ।


आख केन्द्र उद्धघाटकै दिन २ सय ३५ जनाको आख परिक्षण भएको थियो । जसमा ३५ जनामा मोतियाबिन्दुको समस्या देखिएको मेडिकल संयोजक धामीले जानकारी दिए ।

No description available.

उनीहरुको वीरगंज सामुदायीक आखाँकेन्द्रमा निशुल्क शल्यक्रिया हुने उनले बताए । केन्द्रमा हप्ताको उक दिन निशुल्क आखाको परिक्षण हुनेछ । आँखाकाृ जटिल खालको समस्याको भने वीरगंज सामुदायीक आँखा केन्द्रमा थप उपचारको ब्यवस्था मिलाइएको छ ।

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

वीरगंजको मुख्य सडक विस्तारमा  प्रभावितलाई सहुलियत, सेडब्याकमा पुनर्विचार, नक्सापासमा छुट

वीरगंज । वीरगंजको मुख्य सडक विस्तारका क्रममा सडक सीमाभित्र पर्ने धार्मिक तथा ऐतिहासिक महत्वका मठमन्दिर, मस्जिद तथा अन्य धार्मिक संरचना यथास्थानमै रहने गरी सडक निर्माणको काम अघि बढाइने वीरगंज महानगरपालिकाका प्रमुख राजेशमान सिंहले बताएका छन ।

रसुवा बाढीमा बेपत्ता वीरगंजका ६ नागरिकको खोजी तीव्र बनाउन पूर्वमन्त्री यादवको मांग

वीरगंज । रसुवा बाढीमा परी बेपत्ता भएका वीरगंज महानगरपालिका वडा नं. २२, जगरनाथपुरका ६ जना नागरिकको अवस्था अझै अज्ञात रहेपछि पीडित परिवारको पीडा झनै गहिरिँदै गएको छ।

खेलकुद

सिमरामा अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता हुँदै

सिमरा । बाराको सिमरामा असोज १० देखि १७ गतेसम्म ‘एक्स्ट्रिम जीतपुरसिमरा अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता’ हुने भएको छ।

ठोरीमा भदौ ६ देखि ७ ए–साइड फुटबल प्रतियोगिता संचालन हुने

वीरगंज । ठोरी गाउँपालिका–३, नयाँबस्ती ब्रह्मनगरमा रहेको आईटी कलेज खेल मैदानमा चौथो संस्करणको ७ ए–साइड फुटबल प्रतियोगिता आयोजना हुने भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.