logo

मानव सेवा आश्रम वीरगञ्जको भवन अत्याधुनिक र वातावरण सुहाउँदो बन्ने

 इसीमाना सम्वाददाता     २०८० बैशाख २५ गते ०८: ४९ मा प्रकाशित     613   पटक पढिएको

वीरगञ्ज । सडक मानव मुक्त नेपाल निर्माणको संकल्पका साथ संचालनमा आएको मानव सेवा आश्रम वीरगञ्ज शाखाको भवन निर्माणको सोमवार एक कार्यक्रमकावीच भूमी पूजन भएको छ ।

 


वीरगंज महानगरपालिकाले वीरगञ्ज महानगरपालिका वडा नम्बर १५ लक्ष्मणवामा उपलब्ध गराएको १८ कट्ठा जग्गामा भवन निर्माणको भूमी पूजन गरिएको हो।

आश्रमका संरक्षक एवम् मधेश विश्वविद्यालयका उपकुलपति प्राध्यापक डा. दिपक शाक्य, नेपाल उद्योग वाणिज्य महासंघ मधेश प्रदेशका निवर्तमान अध्यक्ष गणेशप्रसाद लाठ, वीरगञ्ज उद्योग वाणिज्य संघका बरिष्ठ उपाध्यक्ष हरि गौतम लगायतको उपस्थितिमा भूमि पुजन गरिएको आश्रमकी संयोजक सानुमाया गुरुङ्ले बताइन् ।

वीरगञ्ज महानगरपालिकाले भवन निर्माणका लागि २५ लाख , मधेश प्रदेश सरकारले ७५ लाख रुपैयाँ र निवर्तमान मुख्यमन्त्री लालबाबु राउतले मुख्यमन्त्रीको कार्यालयबाट बाउण्ड्री वाल निर्माणको लागि ४० लाख रकम बिनियोजन गरिदिएका थिए ।

 

११ चैत २०७८ मा एक कार्यक्रमका वीच तत्कालीन मुख्यमन्त्री लालबाबु राउत गद्दी, सांसद प्रदीप यादव र वीरगञ्ज महानगरपालिकाका निवर्तमान प्रमुख विजय कुमार सरावगीले संयुक्त रुपमा भवनको शिलान्यास गरेका थिए ।

मावन सेवा आश्रम वीरगञ्जका संस्थापक एवम् केन्द्रीय सदस्य देवेश गुप्ताकाअनुसार तीन वर्ष भित्र निर्माण सम्पन्न गर्ने गरी भवन बनाउन लागिएको हो ।

रेम्ड अर्थ प्रविधिबाट भवन बनाउने तयारी गरिएको गुप्ताले बताए । गर्मी चिसो र जाडोमा न्यानो हुने भएकाले रेम्ड अर्थ प्रविधिबाट भवन बनाउन लागिएको गुप्ताको भनाई छ ।

भोजपुरी कला सँस्कृति झल्कने, वातावरण सुहाउँदो, भूकम्प प्रतिरोधी र वास्तु शास्त्र मिलाएर भवन बनाउने योजनाबमोजिम काम भइरहेको गुप्ताले बताए ।

१४ कठ्ठा जमिनमा भान्छा घर, तालिम हल, सहयोगापेक्षीलाई राख्ने कोठाहरु, हेरचाहमा खट्नेहरुका लागि आवास र आश्रममा आउने पाहुनाका लागि अतिथि गृह समेत बनाउने तयारी छ ।


०७४ जेठ १५ गते स्थापना भएको मानव सेवा आश्रम वीरगञ्ज शाखामा ६० जना आश्रित छन् । जसमध्ये ५ जना बालबालिका छन् भने ४५ जना आमा र १० जना बुबाहरु रहेका छन् ।

 

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

बारा–पर्साका ग्रामीण बस्ती जोड्न साझा यातायातको तयारी, अध्ययन समिति गठन

वीरगंज । बारा र पर्साका विभिन्न पालिकाका ग्रामीण बस्तीलाई सार्वजनिक यातायातमार्फत जोड्ने योजना अघि बढेको छ। वीरगंज महानगरपालिकासहित अन्तरपालिका सार्वजनिक यातायात सेवा सञ्चालन गर्ने तयारीसँगै आवश्यक अध्ययनका लागि समिति गठन गरिएको छ।

घटस्थापनासँगै बडादशैँ सुरु, घरघरमा जमरा राखियो

वीरगञ्ज । नेपालीहरूको महान् पर्व बडादशैँ आज घटस्थापनासँगै सुरु भएको छ। आश्विन शुक्ल प्रतिपदाका दिन मनाइने घटस्थापनाको अवसरमा देशभरका घरघरमा विधिपूर्वक पूजा–आराधना गरी जमरा राखिएको छ।

खेलकुद

चाफीमा फुटबलको रोमाञ्च, उद्घाटन खेलमै कञ्चनपुरको शानदार विजय

रंगपुर । पर्साको पटेर्वा सुगौली गाउँपालिका–२ स्थित चाफी खेलकुद मैदानमा विजया दशमी, दीपावली तथा छठ पर्वको अवसरमा खुला नकआउट फुटबल प्रतियोगिता सुरु भएको छ।

सेढवामा भेट्रान फुटबलको तयारी तीव्र, विजेतालाई ५० हजार पुरस्कार

वीरगन्ज । पर्साको जिराभवानी गाउँपालिका–२ सेढवामा जिराभवानी भेट्रान क्लबको आयोजनामा भेट्रान फुटबल प्रतियोगिता हुने भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.