logo

भरपेट भोजनालय पूनः संचालनमा आउने

 इसीमाना सम्वाददाता     २०८० बैशाख २२ गते ०९: १५ मा प्रकाशित     530   पटक पढिएको

वीरगञ्ज । सानो पाइलाका संचार प्रमुख बिवेक कर्णले “भरपेट भोजनालय ”पुनः संचालनमा आउने बताएका छन । ०७८ साउन २१ गते बाट वीरगंजको मूर्लीमा भरपेट भोजनालय संचालनमा आएको थियो ।

 

प्रति छाक ५० रुपैयामा खाना उपलब्ध गराउदै आएको भोजनालय १७ महिना संचालन भएपछि बन्द भएको थियो । बन्द रहेको भोजनालय संचालनमा ल्याउने जानकारी सानो पाइलाले पत्रकार सम्मेलनको आयोजना गरि दिएको हो ।

भोजनालयले १७ महिनाको अवधिमा १ लाख भन्दा बढि मानिसहरुलाई ५० रुपैयामा खाना उपललब्ध गराएको कर्णको भनाई छ । करिब १७ महिनाको भोजनालयबाट भोजनालयवाट १ लाख मानिसहरुले लाभ उठाएका थिए ।

 

सो अवधिमा भरपेट भोजनालयले ४९ लाख ५५ हजार ३ सय ९१ रुपैँया आम्दनी गरेको थियो । भने ७८ लाख ३० हजार १ सय १५ रुपैँयाको खर्च भएको कर्णले बताए ।


भोजनालयले गरिब मजदुर, विद्यार्थीलाई ५० रूपैँयामै पोषणयुक्त खाना खुवाउदै आएको थियो ।


यसरी घाटा व्योहोर्दै सञ्चालित सो भोजनालयमा समुदायबाट कुनै पनि सहयोग प्राप्त नभएको भरपेट भोजनालयका सञ्चालक भाजु राउत कुर्मीले बताए ।

सञ्चालक कुर्मीले समाजमा रहेका व्यापारी, बैकंर्स, उद्योगी एवम् सामाजिक अभिायान्ता लगायतसँग मिलेर भोजनालय सञ्चालन गर्ने सहमति भएकोमा कसैले साथ नदिदाँ भोजनालय बन्द गर्नुपर्ने अवस्था सिर्जना भएको जानकारी दिए ।भरपेट भोजनालयमा पहिले १ सय ५० देखि २ यसको हाराहारीमा मानिसहरुले सेवा लिईरहेका थिए ।

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

एक वर्षदेखि सम्पर्कविहीन महिलाको मानवसेवा आश्रमको पहलमा पारिवारिक पुनर्मिलन

वीरगञ्ज। एक वर्षदेखि परिवारको सम्पर्कबाट टाढा रहेकी भारतकी एक महिलाको मानवसेवा आश्रम वीरगञ्जको पहलमा पारिवारिक पुनर्मिलन भएको छ।

बीपीसीको डिजिटल छलाङ, आफ्नै जनशक्तिबाट ERP–LMS सञ्चालनमा

वीरगञ्ज । वीरगञ्ज पब्लिक कलेज (बीपीसी) ले डिजिटल शिक्षालाई प्रवर्द्धन गर्ने उद्देश्यले आफ्नै प्राविधिक जनशक्तिबाट विकास गरेको ईआरपी–एलएमएस  प्रणाली औपचारिक रूपमा सञ्चालनमा ल्याएको छ।

खेलकुद

सेढवामा भेट्रान फुटबलको तयारी तीव्र, विजेतालाई ५० हजार पुरस्कार

वीरगन्ज । पर्साको जिराभवानी गाउँपालिका–२ सेढवामा जिराभवानी भेट्रान क्लबको आयोजनामा भेट्रान फुटबल प्रतियोगिता हुने भएको छ।

सिमरामा अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता हुँदै

सिमरा । बाराको सिमरामा असोज १० देखि १७ गतेसम्म ‘एक्स्ट्रिम जीतपुरसिमरा अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता’ हुने भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.