logo

नेपाली नक्कली नोट सहित दुई जना पक्राउ, नोट ओसार्न भारतीय गाडीको प्रयोग

 इसीमाना सम्वाददाता     २०८० बैशाख २२ गते ०९: २४ मा प्रकाशित     570   पटक पढिएको

वीरगञ्ज । नक्कली नोट सहित प्रहरीले दुईजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सर्लाहीको गौडाता नगरपालिका वडा नम्बर १२ मधुवनी निवासी ३४ वर्षीय आनन्द वर्दन सिंह र बाराको परवानीपुर गाउँपालिका वडा नम्बर ३ निवासी ३६ वर्षीय ओमप्रकाश साह रहेका छन् ।


उनीहरुलाई प्रहरीले बुधबार दिउँसो उनीहरुलाई वीरगञ्ज महानगरपालिकाको वडा–१६ स्थित चालिसफिट्टे सडकखण्डबाट स्कारपियो गाडीसहित पक्राउ गरेको थियो।


उनीहरुको साथबाट साथबाट प्रहरीले १ हजार रुपैयाँ दरको ४ सय ८६ थान गरी चार लाख ८६ हजार रुपैयाँको नक्कली नेपाली नोट र १ हजार रुपैयाँ दरकै २ सय थान गरी दुई लाख रुपैयाँको सक्कली नेपाली नोट बरामद गरेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता डिएसपी निर्मल बुढाथोकीले जानकारी दिए ।

 

पर्सा प्रहरीका प्रवक्ता एवम् प्रहरी नायव उपरीक्षक निर्मल बुढाथोकीकाअनुसार केही व्यक्ति नक्कली नेपाली नोटसहित भारतबाट नेपाल प्रवेश गरिरहेको विशेष सूचनाको आधारमा प्रहरी परिचालन गरिएको थियो। सोही क्रममा भारत तर्फबाट वीआर ०१ पीजी ६५७७ नम्बरको भारतीय नम्बर प्लेट भएको स्कर्पियो गाडीलाई रोकेर चेकजाँच गर्दा नक्कली र सक्कली नोट बरामद भयो ।

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

एक वर्षदेखि सम्पर्कविहीन महिलाको मानवसेवा आश्रमको पहलमा पारिवारिक पुनर्मिलन

वीरगञ्ज। एक वर्षदेखि परिवारको सम्पर्कबाट टाढा रहेकी भारतकी एक महिलाको मानवसेवा आश्रम वीरगञ्जको पहलमा पारिवारिक पुनर्मिलन भएको छ।

बीपीसीको डिजिटल छलाङ, आफ्नै जनशक्तिबाट ERP–LMS सञ्चालनमा

वीरगञ्ज । वीरगञ्ज पब्लिक कलेज (बीपीसी) ले डिजिटल शिक्षालाई प्रवर्द्धन गर्ने उद्देश्यले आफ्नै प्राविधिक जनशक्तिबाट विकास गरेको ईआरपी–एलएमएस  प्रणाली औपचारिक रूपमा सञ्चालनमा ल्याएको छ।

खेलकुद

सेढवामा भेट्रान फुटबलको तयारी तीव्र, विजेतालाई ५० हजार पुरस्कार

वीरगन्ज । पर्साको जिराभवानी गाउँपालिका–२ सेढवामा जिराभवानी भेट्रान क्लबको आयोजनामा भेट्रान फुटबल प्रतियोगिता हुने भएको छ।

सिमरामा अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता हुँदै

सिमरा । बाराको सिमरामा असोज १० देखि १७ गतेसम्म ‘एक्स्ट्रिम जीतपुरसिमरा अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता’ हुने भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.