logo

लागू औषध दूरब्यसन बिरुद्ध सचेतना कार्यक्रम सम्पन्न

 इसीमाना सम्वाददाता     २०८० बैशाख २४ गते ०९: ५२ मा प्रकाशित     552   पटक पढिएको

बीरगंज । पर्साको पटेर्वासुगौली गाउँपालिका ५, निचुटामा मा रहेको श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालयमा लागूऔषध दुव्र्यसन विरुद्धको कार्यक्रम सम्पन्न भएको छ ।

 

पटेर्वासुगौली गाउँपालिका र सानो पाइलाको संयुक्त आयोजनामा सुरु भएको एक्शन फर ड्रग फ्रि कम्युनिटी नामक अभियान अन्तर्गत निचुटा माविमा कार्यक्रम सम्पन्न भएको हो ।


हरेक वडाका सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई लागूऔषध दुव्र्यसन विरुद्ध सचेत गराउने उद्देश्यका साथ अभियान सुरु गरिएको हो ।
आईतबार सम्पन्न भएको कार्यक्रममा सामुदायिक पुनस्र्थापना केन्द्रका कार्यक्रम संयोजक राज कुमार तामाङ्ग र ईलाका प्रहरी कार्यालय पटेर्वासुगौलीका प्रहरी निरिक्षक राम राजा केशरीले सहभागि विद्यार्थीहरुलाई लागूऔषध दुव्र्यसन र यसले पार्ने नकारात्मक प्रभावका विषयमा प्रशिक्षण दिएका थिए । करिब १ सय ५० जना विद्यार्थीहरुको सहभागितामा सम्पन्न भएको थियो ।

 

कार्यक्रमका गाउँपालिकाका अध्यक्षा दिनेश चौधरी ,गाउँपालिकाकी उपाध्यक्ष ममता महतोले सही मार्गमा हिँड्नका लागि सबैले प्रेरित गर्नुपर्ने आवश्यक्ता रहेको बताए । कार्यक्रममा विद्यालयका प्रधानाध्यापक श्याम घिमिरे, स्थानीय समाजसेवी जीतु चौधरीलगायतको सहभगिता रहेको थियो ।

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

पर्सा प्रहरीमा वार्षिक कार्यसम्पादन करारमा हस्ताक्षर, चोरी निकासी  लागूऔषध ओसारपसार रोक्न निर्देशन

वीरगञ्ज । जिल्ला प्रहरी कार्यालय पर्साले आर्थिक वर्ष २०८३-०८४ का लागि मातहतका प्रहरी कार्यालय प्रमुखहरूसँग वार्षिक कार्यसम्पादन करारमा हस्ताक्षर गरेको छ।

सुरक्षित दशैँका लागि पर्सा प्रहरीको अपिल, जुवातास र पटाकाबाट टाढा रहन आग्रह

वीरगञ्ज । जिल्ला प्रहरी कार्यालय पर्साले नेपालीहरूको महान् पर्व बडादशैँलाई शान्तिपूर्ण, सुरक्षित र मर्यादित रूपमा मनाउन सर्वसाधारणसँग अपिल गरेको छ।

खेलकुद

सेढवामा भेट्रान फुटबलको तयारी तीव्र, विजेतालाई ५० हजार पुरस्कार

वीरगन्ज । पर्साको जिराभवानी गाउँपालिका–२ सेढवामा जिराभवानी भेट्रान क्लबको आयोजनामा भेट्रान फुटबल प्रतियोगिता हुने भएको छ।

सिमरामा अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता हुँदै

सिमरा । बाराको सिमरामा असोज १० देखि १७ गतेसम्म ‘एक्स्ट्रिम जीतपुरसिमरा अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता’ हुने भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.