logo

कानु समाज पर्साको बैठक सम्पन्न

 इसीमाना सम्वाददाता     २०८० असार २ गते ०६: ४० मा प्रकाशित     294   पटक पढिएको

बीरगंज । कानु समाज पर्साको बैठकले बीरगंजमहानगरपालिकाको नगर अधिवेशन गर्नकालागि तयारी समिति निर्माण गरेको छ ।


बीरगंज स्थित शिवपार्वती अतिथि सदन घडिअर्वा, अशोक वाटिकामा बसेको बैठकले सोनालाल गुप्ताको संयोजकत्वमा ११ सदस्यीय समिति गठन गरेको छ ।

समितिको सदस्यमा वडा नं– ४ का वडाअध्यक्ष जगत साह कानु , वडानं –१२ का वडाअध्यक्ष सुरेश साह कानु, वडा नं–८ का वडा अध्यक्ष रितेश गुप्ता, वडा नं–१० का वडाअध्यक्ष सुशिल साह कानु, जियालाल गुप्ता, राजशंकर साह कानु, राजेन्द्र साहकानु, छोटेलाल साह कानु, दिपक साह कानु, र विवेक कुमार गुप्ता रहेका छन् ।

बैठकले समाजको सल्लाहकार समिति पनि निर्माण गरेको छ ।सल्लाहकार समितिमा समाजका पूर्व अध्यक्ष रामबाबुप्रसाद साह, भरत साह कानु, अकलेश साह कानु, प्रभेन्द्र साह कानु , जिराभवानी गाँउपालिकाका कृष्ण मोहन साह र छिपहरमाईगाउँपालिकाका रामेश्वर साह कानुलाई सदस्यमा मनोयन गरेको छ ।

बैठकमा समाजका केन्द्रीय अध्यक्ष किशोरी साह कानुको विशेष उपस्थिति रहेको थियो । बैठक समाजका अध्यक्ष लक्ष्मण साह कानुको सभापतित्वमा बसेको थियो भने बैठकको सहजीकरण समाजका सचिव श्रवण प्रसाद साह गरेका थिए ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

प्रवासी नेपाली मञ्च क्यानडाको अध्यक्षमा रमेश धिताल चयन

प्रवासी नेपाली मञ्च क्यानडाको अध्यक्षमा रमेश धिताल सहितको कार्यसमिति सर्वसम्मत चयन भएका छन ।

अभियन्ता चौधरीलाई ‘ग्लोबल एन्टी रेसिजम च्याम्पेनसिप अवार्ड’

वाशिङ्गटन डिसी । नेपालकी सामाजिक अभियन्ता उर्मिला चौधरीे ग्लोबल एन्टी रेसिजम च्याम्पेनसिप अवार्डद्वारा सम्मानित भएकी छिन ।

खेलकुद

क्रिकेटर  प्रविण र एसईईमा सर्वोत्कृष्ट  नतिजा ल्याउने  साह वीरगंज महानगरद्वारा सम्मानित

वीरगंज । नेपाली महिला टोलीलाई विश्वकप क्रिकेटसम्मको यात्रामा योगदान पु¥याउने वीरगंजकी क्रिकेट खेलाडी साना प्रविण र यस वर्षको एसईई परीक्षामा पर्सा जिल्ला प्रथम भएकी रिया साहलाई वीरगंज महानगरपालिकाले आइतबार एक कार्यक्रमकाबीच सम्मान गरेको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बिरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बिरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.