logo

उन्नाइस लाख मूल्य बराबरको घडी र मोवाइल आवश्यक कारवाहीकालागि भंसार चलान

 इसीमाना सम्वाददाता     २०८० असार ३ गते ०६: १६ मा प्रकाशित     266   पटक पढिएको

वीरगञ्ज ।वीरगञ्ज महानगरपालिका वडा नंं ३२ स्थित भाडा लिएर बसेको घरमा छापा मारेर प्रहरीले १९ लाख १४ हजार बराबरका बिभिन्न ब्राण्डका मोबाईल तथा घडीहरू बरामद गरेको छ ।


लाखौ मूल्य पर्ने विभिन्न ब्राण्डका मोवाईल र घडी सहित एक भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेमा भारत विहार पूर्वी चम्पारण बिसुनपुर पोष्ट अमवा बिसुनपुर बस्ने ३३ बर्षिय मनोज कुमारलाई प्रहरीले वीरगञ्जबाट पक्राउ गरेको हो ।


बिशेष सूचनाको आधारमा प्रहरीले छापामारी गरेको हो । भन्सार छली गरि भित्र्याइएका बिभिन्न ब्राण्डका मोबाईल तथा घडीहरू बरामद भएको पर्साका प्रहरी प्रबक्ता डिएसपी दिपक गिरीले जानकारी दिए ।


मनोजको वीरगञ्ज महानगरपालिका–३२ वदननगरस्थित कोठाबाट प्रहरीले बिभिन्न ब्राण्डका ५९ थान मोबाईल र एक सय ८५ पिस घडी बरामद गरेको

बरामद गरिएको मोबाईल र घडीहरुको बजार मुल्य १९ लाख १४ हजार कायम गरि आवशयक कारवाहीको लागि मनोजलाई समेत वीरगञ्ज भन्सार कार्यालयमा बुझाइएको डिएसपी गिरीले बताए ।

 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

प्रवासी नेपाली मञ्च क्यानडाको अध्यक्षमा रमेश धिताल चयन

प्रवासी नेपाली मञ्च क्यानडाको अध्यक्षमा रमेश धिताल सहितको कार्यसमिति सर्वसम्मत चयन भएका छन ।

अभियन्ता चौधरीलाई ‘ग्लोबल एन्टी रेसिजम च्याम्पेनसिप अवार्ड’

वाशिङ्गटन डिसी । नेपालकी सामाजिक अभियन्ता उर्मिला चौधरीे ग्लोबल एन्टी रेसिजम च्याम्पेनसिप अवार्डद्वारा सम्मानित भएकी छिन ।

खेलकुद

क्रिकेटर  प्रविण र एसईईमा सर्वोत्कृष्ट  नतिजा ल्याउने  साह वीरगंज महानगरद्वारा सम्मानित

वीरगंज । नेपाली महिला टोलीलाई विश्वकप क्रिकेटसम्मको यात्रामा योगदान पु¥याउने वीरगंजकी क्रिकेट खेलाडी साना प्रविण र यस वर्षको एसईई परीक्षामा पर्सा जिल्ला प्रथम भएकी रिया साहलाई वीरगंज महानगरपालिकाले आइतबार एक कार्यक्रमकाबीच सम्मान गरेको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बिरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बिरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.