बीरगंज । सीमा सशस्त्र प्रहरीले सीमावाट हुने भंसार छली हुने राजस्व चुहावटलाई नियन्त्रण गर्न प्रभावकारी कदम चालेको बताइएको छ ।
सशस्त्र प्रहरी बल नेपालको प्रस्तावीत सुरक्षा गुल्म बीरगंजले भारतबाट भंसार छली नेपाल भित्र्याइएको कपडा नियन्त्रणमा लिएको छ ।
वीरगंज महानगरपािलका वडा नं १६ इनर्वा भंसार स्थित जाँच बिन्दुबाट २ लाख ५९ हजार बराबरको कपडा स्पीकर तथा बोर्डहरु बराबरमद गरेको छ ।
सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको सामानहरु आवश्यक कारवाहीकोलागि वीरगंज भन्सार कार्यालयमा बुझाइएको गुल्मले जनाएको छ ।
तपाईको प्रतिक्रिया