logo

बलात्कारको आरोप लागेका अन्सारीद्वय फरार

 इसीमाना सम्वाददाता     २०८० असार १२ गते ०८: ४० मा प्रकाशित     271   पटक पढिएको

१९ वर्षिया बालिकालाई बलात्कार गरेको आरोप लागेका वीरगंज महानगरपालिका वडा नं–२९ रतनपुरका २३ वर्षिय जैनुल अन्सारी फरार रहेका छन ।


उनले ०८० जेठ १ गते ति वालिकालाई माया प्रेममा पारेर बिभिन्न प्रलोभन देखाई बलात्कार गरेको उनका अभिभावकले बताएका छन । पीडित वालिकाको स्वास्थ्य परिक्षण वीरगंजको नारायणी अस्पतालमा भएको छ ।

 

अन्सारी बिरुद्ध पीडित वालिकाका अभिभावकले ०८० असार ११ गते जिल्ला प्रहरी कार्यालय पर्सामा उजुरी दिएका हुन । प्रहरीले प्रतिवादी बिरुद्ध जर्वजस्ती करणी अन्तरगत उजुरी दर्ता गरेर अनुसन्धान शुरु गरेको प्रहरी प्रवक्ता डिएसपी दीपक गिरीले जानकारी दिए। प्रतिवदी भने फरार रहेका छन ।


त्यस्तै गरि १४ वर्षिया बालिकालाई अपहरण गरि बन्धक बनाएर बलात्कार गरेको आरोप लागेका २१ वर्षिय महम्मद असाहव अन्सारी फरार रहेका छन ।


उनले वीरगंजको मूर्लीबाट १४ वर्षिया बालिकालाई गत जेठ ३ गते अपहरण गरि काठमाण्डौ लगेका थिए ।


उनले काठमाण्डौ महानगरपालिका वडा नं ९ को सिनामंगलमा रहेको होटेल एभरेष्ट हिमालय होटेलको कोठा नं १ सय १ मा बन्धक बनाएरु बलात्कार गरेको पीडित वालिकाका अभिभावकले जनाएका छन ।

 

अभिभावकले अन्सारी बिरुद्ध असार ११ गते जिल्ला प्रहरी कार्यालय पर्सामा उजुरी दिएका छन । पीडित वालिकाको स्वास्थ्य परिषण वीगंजको नारायणी अस्पतालमा भएको छ । प्रतिवाद िअन्सारी भने फरार रहेका छन ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

नेपाल पत्रकार महासंघ युराेपकाे अध्यक्षमा राई सर्वसम्मत

युरोप । नेपाल पत्रकार महासंघ युरोप शाखाको पाँचौँ अधिवेशनले केजिन राईलाई अध्यक्षमा सर्वसम्मतले चयन गरेको छ।

भाजपा साँसद निषाद कांग्रेसमा सामेल हुदै, बिजेपीलाई लाग्ने भयो धक्का

मुजफ्फरपुर । बिहार राज्यको एक प्रमुख शहर मुजफ्फरपुरबाट लोकसभा सिटमा भाजपाबाट बिजयी अजय निषादको टिकट काटिएको छ । सन २०२४को लोकसभा निर्वाचनकोलागि उनको टिकट काटिएको हो ।

राष्ट्रसंघको मुख्यालयमा नेपाल प्रर्दशनी हुने

न्यूयोर्क ।अमेरिकाको न्यूयोर्कमा रहेको संयुक्त राष्ट्रसंघको मुख्यालयमा नेपालको पर्यटन, कला र संस्कृति प्रबर्द्धनका लागि प्रदर्शनी गरिने भएको छ ।

समाज

पाठेघर खस्ने समस्या बारे अन्तरक्रिया सम्पन्न

मधेशका महिलाहरुमा पाठेघर खस्ने समस्या अत्याधिक रहेपनि खुलेर स्वास्थ्य संस्था सम्म पुग्न नसकेको पाइएको छ ।

२ सय १६ किलो गाँजा सहित कोइराला र घलान पक्राउ

निजगढ। बारा प्रहरीले मकवानपुर जिल्लाको मनहरी गाउँपालिका वडा नम्बर ३ का दीपक कोइराला र टौँडा उपमहानगरपालिका–१३ पदम पोखरी बस्ने ३० वर्षका जिबन घलानलाई पक्राउ गरेको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बिरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बिरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.