logo

डाक्नेश्वरी नगरपालिकाकी उपप्रमुख मिराकुमारी यादव प्रहरीकोमा स्वयं उपस्थित

 इसीमाना सम्वाददाता     २०८० असार २० गते ०५: ४७ मा प्रकाशित     460   पटक पढिएको

सप्तरीको डाक्नेश्वरी नगरपालिकाकी उपप्रमुख मिराकुमारी यादव प्रहरीकोमा स्वयं उपस्थित भएकी छन् । नागरिकतासम्बन्धी आरोपमा अदालतबाट पक्राउ पुर्जी जारी भएपछि उपप्रमुख यादव बुधबार जिल्ला प्रहरी कार्यालय राजविराजमा उपस्थित भएकी हुन् ।

उच्च अदालत जनकपुर, राजविराजको परमादेशपछि दुई दिनअघि यादव र उनका श्रीमान महेन्द्रकुमार यादवविरुद्ध पक्राउ पुर्जी जारी भएको थियो । पक्राउ पुर्जी जारी भएपछि उपप्रमुख यादव आफैं प्रहरीसमक्ष उपस्थित भएकी हुन् ।

 

सोही नगरपालिका वडा नं. ४ का ३५ वर्षीय कृष्णकुमार यादवले उपप्रमुख र उनका श्रीमानविरुद्ध जिल्ला प्रशासन कार्यालयमा साउनको दोस्रो साता उजुरी दिएका थिए । उक्त उजुरी उपर कारबाही प्रक्रिया अघि नबढाएको भन्दै उनले उच्च अदालतमा परमादेशका लागी तीन महिनाअघि निवेदन दिएका थिए ।

 

उजुरीमा उपप्रमुखका पति महेन्द्र भारतको बिहार राज्यअन्तर्गत सुपौल जिल्ला निवासी रहेको उल्लेख छ । आरोपितहरु विधानसभा निर्वाचन क्षेत्र बिहार निर्वाचन नामावली भाग सं.५१ अनुसार श्रीमान श्रीमती दुवै भारतीय नागरिक रहेको दाबी गरिएको छ ।

 

उपप्रमुख, उनका श्रीमान र छोरा इन्द्रजीतले डाक्नेश्वरी नगरपालिका ६ अन्तर्गत साविकको औरही गाविस–३ बाट झुटो विवरणको आधारमा नागरिकता प्रमाणपत्र लिई उपप्रमुखको पद धारण गरी संवेदनशील न्यायिक समितिको संयोजक पदमा बसेर पदीय दायित्व दुरुपयोग गरिरहेको उजुरीमा उल्लेख छ ।

 

उच्च अदालतमा दायर मुद्दामा गत जेठ ५ गते न्यायाधीशद्वय हरिप्रसाद भण्डारी र तेजनारायण सिंह राईको संयुक्त इजलासले जिल्ला प्रहरी कार्यालयको नाममा परमादेशको आदेश जारी गरेको थियो ।

 

प्रहरीकोमा उपस्थित हुनुअघि उपप्रमुख यादवले आरोपहरु गलत रहेको जिकिर गर्दै अनुसन्धान सहजताका लागि कानूनमाथि विश्वास राख्दै उपस्थित हुन लागेको बताएकी थिइन् । निर्वाचनमा पराजित हुनेहरुले नक्कली कागजात पेश गरी झुटा मुद्दा दायर गरेको दाबी गर्दै उपप्रमुख यादवले आफू नेपाली नागरिक रहेको र अदालतबाट पुष्टि हुने विश्वास व्यक्त गरिन् ।

 

सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका–४ मधवापुरमा जन्मे, हुर्केको, पढेको र जागिर खाएको तथा सप्तरीकै डाक्नेश्वरी नगरपालिका–६ मा विवाह गरेको बताउँदै उपप्रमुख यादवले राजनीतिक पूर्वाग्रह राखी दिएको झुटा उजुरी खारेज हुने विश्वास व्यक्त गरिन् ।

 

 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

समाज

हरिऔनकी ९३ वर्षको उमेरमा नागरिकता पाउने आश

हरिऔन  । उमेरले नौ दशक काट्नुभएकी वृद्धा सुनमाया सुनुवारको अहिले एउटै आश मर्ने बेलामा एक थान नागरिकता र त्यसले दिने सामाजिक सुरक्षा भत्ता पाउने छ ।

स्व.उमा सिंहको स्मृतिमा जनकपुरमा महासंघको आयोजनामा बिभिन्न कार्यक्रम सम्पन्न

जनकपुरधाम । नेपाल पत्रकार महासङ्घ धनुषा शाखाले शहिद पत्रकार उमा सिंहको १७औँ स्मृति दिवसको अवसर पारेर आइतबार पत्रकारहरूको स्वास्थ्य अवस्था र पेशागत सुरक्षासम्बन्धी यथार्थ प्रश्नहरूलाई उजागर गर्ने उद्देश्यसहित दुईवटा महत्वपूर्ण कार्यक्रम सम्पन्न गरेको छ।

खेलकुद

एनपीएल सिजन–२ ,काठमाडौँ गोर्खाजको विजयी सुरुआत

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट मा काठमाडौँ गोर्खाजले विजयी सुरुआत गरेको छ। जनकपुर बोल्ट्सले दिएको १३१ रनको लक्ष्य काठमाडौँले १८ ओभरमै ५ विकेट गुमाउँदै पूरा गर्‍यो।

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.