logo

जीतपुरमा पाँच महिला सहित १ सय जनाद्वारा रक्तदान

 इसीमाना सम्वाददाता     २०८० असार २३ गते ०८: ५७ मा प्रकाशित     536   पटक पढिएको

जीतपुर।शान्ति युवा बिकाश मञ्च जीतपुरको आयोजना तथा मानव अधिकार एलायन्स बाराको सहयोगमा शनिवार रक्रदान कार्यक्र सम्पन्न भएको छ । रक्तदान कार्यक्रममा १ सय जनाले रक्तदान गरेका छन ।जीतपुर स्थित शान्ती टोल खेल मैदानमा आयोजित कार्यक्रममा ५ जना महिला सहित १ सय जनाले रक्तदान गरेका हुन ।


नेपाल रेडक्रस सोसाईटी वीरगन्ज र सिमरा उपशाखाको प्राविधिक सहयोगमा रक्तदान कार्यक्रम सम्पन्न भएको हो । रक्तसञ्चार केन्द्रमा रगतको अभाव भइरहेका बेला शान्ति युवा बिकाश मञ्च जीतपुरले कार्यक्रमको आयोजना गरेको कार्यक्रम संयोजक प्रेमलाल साह सोनारले बताए ।


उक्त रक्तदान कार्यक्रमको उद्घाटन जीतपुरसिमरा उपमहानगरपालिकाका वडा न ७ का वडाध्यक्ष सुनिल कुमार गुप्ताले गरेका थिए ।उद्घाटन कार्यक्रममा बोल्दै वडाध्यक्ष गुप्ताले हाम्रो शरीर भित्र रहेको रगत हरेक ३ महिनामा आफै नष्ट हुने भएकोले रगत दान गर्दा धेरैको ज्यान जोगिने भएकोले रगत दान गर्न आग्रह गरे ।


कार्यक्रममा रगत दान गर्नेहरुलाई जीतपुरसिमरा उपमहानगरपालिकाको वडाध्यक्ष सुनिल कुमार गुप्ता,शान्ति युवा बिकाश मञ्च जीतपुरका अध्यक्ष बिबेक सोनार, मानव अधिकार एलायन्स बाराका अध्यक्ष अनिल तिवारी लगायतले प्रमाण पत्र प्रदान गरेका थिए ।

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

ठोरीमा नागरिक सुनुवाइ अन्तरक्रिया तथा छलफल कार्यक्रम सम्पन्न

ठोरी । पर्साको ठोरी गाउँपालिकामा नागरिक र प्रहरीबीचको सम्बन्ध सुदृढ बनाउने तथा शान्ति सुरक्षासम्बन्धी विषयमा छलफल गर्ने उद्देश्यले नागरिक सुनुवाइ, अन्तरक्रिया तथा छलफल कार्यक्रम सम्पन्न भएको छ।

पञ्चगावामा दुई महिलासहित २५ जना स्थानीय युवाले रक्तदान गरे

पचगावा । पर्साको सखुवा प्रसौनी गाउँपालिका–२ पञ्चगावामा आयोजित रक्तदान कार्यक्रममा २५ जनाले रक्तदान गरेका छन्।

खेलकुद

सेढवामा भेट्रान फुटबलको तयारी तीव्र, विजेतालाई ५० हजार पुरस्कार

वीरगन्ज । पर्साको जिराभवानी गाउँपालिका–२ सेढवामा जिराभवानी भेट्रान क्लबको आयोजनामा भेट्रान फुटबल प्रतियोगिता हुने भएको छ।

सिमरामा अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता हुँदै

सिमरा । बाराको सिमरामा असोज १० देखि १७ गतेसम्म ‘एक्स्ट्रिम जीतपुरसिमरा अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता’ हुने भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.