logo

वीरगंजमा आदीकवीको प्रतिमा अनावरण, कविता वाचन र कृति पुरस्कारद्वारा बिमल र खरेल पुरस्कृत

 इसीमाना सम्वाददाता     २०८० असार २९ गते ०९: ४६ मा प्रकाशित     568   पटक पढिएको

वीरगञ्ज । आदीकवी भानुभक्त आचार्यको २ सय १० औ जन्मदिवसको अवसर पारेर वीरगंजको भानुचोकमा उनको अर्धकदको प्रतिमा अनावरण गरिएको छ ।


प्रतिमाको शुक्रवार बिहान एक समारोहवीच साहित्यकार भवानी क्षेत्री र वीरगञ्ज महानगरपालिकाका मेयर राजेशमान सिंहले संयुक्त रूपमा अनावरण गरेका हुन् ।


वीरगञ्ज महानगरपालिकाले स्थापना गरेको मूर्तिको भानु जयन्तीको अवसर पारेर नै अनावरण गरिएको हो । भानुचोकमा आदीकवीको प्रतिमा थियो । तर बिभन्न चरणमा भएका अधिकारका आन्दोलनका क्रममा प्रतिमा हटाइएको थियो ।

 

भानु जयन्तीकै अवसरमा शुक्रवार वीरगञ्जमा नारायणी वाङ्मय प्रतिष्ठान र लक्ष्मी साहित्य समाजले कविता वाचन प्रतियोगिता र पुरस्कार वितरण गरेको छ । वीरगंजको होटेल मकालुमा आयोजना गरेको प्रतियोगितामा जिएचपी माविका मिशनराज गौतम प्रथम भएका थिए ।

 

प्रतियोगितामा जिएचपी माविकै बिजय गुप्ता र सिद्धार्थ यन्टरनेशनलका राहुल सहनी द्वितिय र तृतिय भएका थिए । उनीहरुलाई क्रार्यक्रममा पुरस्कृत गरिएको थियो ।

 

बसपार्कमा भानुको मूर्ति अनावरण र माल्यार्पण गरेपछि प्रभात फेरी सहित होटेल मकालुमा पुगेर औपचारिक कार्यक्रम भएको हो । नारायणी बाङमयका अध्यक्ष डा.बिश्वम्भर शर्माको अध्यक्षतामा भएको कार्यक्रममा यस वर्ष नारायणी बाङमय कृति पुरस्कार जीन्दगीदेखी जीन्दगी सम्म निवन्ध संग्रहका स्रष्टा मकवानपुरको हेटौडाका देवराज खरेललाई ०७८ र सतवरिया टोल कथा संग्रहका संर्जक जनकपुरका राजेन्द्र बिमललाई ०७९ को प्रदान गरिएको थियो ।

No description available.
कार्यक्रममा साहित्यकार भवानी क्षेत्री मधेश बिश्व बिद्यालयका उपकुलपती डा.दीपक शाक्य, राजेन्द्र कोइराला लगायतले मन्तब्य ब्यक्त गरेका थिए । कोइरालाले नारयणी बाङमयलाई छोरा स्पन्दन कोइराला र छोरी स्मृति कोइरालाको तर्फबाट २५ हजार सहयोग उपलब्ध गराउने घोषणा गरेका थिए ।

 

उनले यो सहयोग निरन्तर गर्ने जनाए । कार्यक्रममा साहित्यकार गीता भण्डारी, भवानी क्षेत्री, दीपक खनाल देवराज खरेल आफना कविता पनि बाचान गरेका थिए । कार्यक्रममा सर्व राष्ट्रिय दैनीकको ९ औं वर्ष प्रवेशका क्रममा दैनीकको प्रष्गतीकोलागि शुभकामना ब्यक्त गरिएको थियो । दैनीक पत्रिकाका सम्पादक प्रकाशक महेशचन्द्र गौतमले पत्रिकाको सफलताकोलागि कामना गर्ने सबैमा धन्यवाद ज्ञापन गरेका थिए ।

 

सो अवसरमा सहभागी सबैलाई केक खुवाइएको थियो । कार्यक्रममा स्वागत मन्तब्य महेशचन्द्र गौतमले ब्यक्त गरेका थिए भने कार्यक्रमको संचालन मायामितुले गरेकी थिइन । कार्यक्रममा पशुपतीबिक्रम शाह, उषा शाह , मधु राणा, बरिष्ठ पत्रकार जगदीश शर्मा, नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य के.सी.लामछिाने पर्सा शाखाका उपाध्यक्ष युवराज खड्का लगायतको सहभागिता रहेको थियो ।

 

कार्यक्रममा उपप्राध्यापक उमा मिश्रले आदीकवि भानुभक्त आचार्यको सृजना उनको ब्यक्तित्व सृजनाको प्रभाव नेपाली भाषाको बिकास र राष्ट्रिय एकतालागि पुगेको योगदानको बारेमा बिस्तारमा चर्चा गरेकी थिइन ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

मोहम्मद जयन्तीमा मुस्लिम समुदायका लागि सार्वजनिक बिदा

वीरगन्ज। सरकारले मोहम्मद जयन्तीको अवसरमा बुधबार नेपाली मुस्लिम धर्मावलम्बीका लागि सार्वजनिक बिदा दिने निर्णय गरेको छ।

मधेश सरकारको काम,प्रदेशको शान्ति सुरक्षाकालागि प्रहरीलाई १२ गाडी हस्तान्तरण

जनकपुरधाम । मधेश प्रदेश सरकारले नेपाल प्रहरीलाई १२ वटा गाडी प्रदान गरेको छ । प्रदेश सरकारको गृह, सञ्चार तथा कानुन मन्त्रालयले १२ वटा पिकअप जिप खरिद गरेर नेपाल प्रहरीलाई हस्तान्तरण गरिएको हो ।

खेलकुद

ठोरीमा भदौ ६ देखि ७ ए–साइड फुटबल प्रतियोगिता संचालन हुने

वीरगंज । ठोरी गाउँपालिका–३, नयाँबस्ती ब्रह्मनगरमा रहेको आईटी कलेज खेल मैदानमा चौथो संस्करणको ७ ए–साइड फुटबल प्रतियोगिता आयोजना हुने भएको छ ।

नारायणी रंगशालाको स्तरउन्नतीकालागि १५ करोड बिनियोजन

वीरगंज । नेपालकै महत्वपूर्ण रंगशलाको रुपमा रहेको वीरगंजको नारायणी रंगशालाको र त्याहा रहेको बहुउद्धेश्यीय कर्भडहलको स्तरउन्नतीकोलागि १२ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.