logo

नारायणी अस्पतालको सरसफाई अव महानगरले गर्ने

 इसीमाना सम्वाददाता     २०८० असार २९ गते १०: १४ मा प्रकाशित     308   पटक पढिएको

बीरगन्ज ।नारायणी अस्पतालको सरसफाइको जिम्मेवारी साउन १ गतेदेखि बीरगन्ज महानगरपालिकाले लिने भएको छ ।

 

नगरप्रमुख राजेशमान सिंहले पुर्वघोषणा गरे अनुसार शुक्रवार बीरगन्ज महानगर पालिकाले नारायणी अस्पताल सीत सरसर्फा सम्बन्धी सम्झौता गरेको छ ।

 

नारायणी अस्पतालको मेडिकल सुपरिटेन्डेन्ट डा. चित्तरन्जन साह र बीरगन्ज महानगर पालिकाको प्रमुख प्रशासकिय अधिकृत लक्ष्मीप्रसाद पौडेलले सम्झौतामा हस्ताक्षर गरेका छन ।

No description available.

बीरगन्ज महानगर पालिकाको नगर प्रमुख राजेशमान सिंह र प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीको उपस्थितमा सम्झौता आदानप्रदान भएको हो ।

 

सम्झौता अनुसार साउन १ गतेदेखि नारायणी अस्पतालको बाहिरी क्षेत्रको सम्पुर्ण सरसफाइ बीरगन्ज महानगरपाकिकाले गर्ने र सो बापत नगर पालिकाले अस्पतालसित कुनै शुल्क नलिने उल्लेख छ ।

 

साउन १ गतेदेखि एक जना नाइकेको नेतृत्वमा ९ जनाको सरसफाइकर्मी परिचालन गरिने सरसफाइ शाखाको प्रमुख सर्फुदिन मियाँले जानकारी दिए ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

प्रवासी नेपाली मञ्च क्यानडाको अध्यक्षमा रमेश धिताल चयन

प्रवासी नेपाली मञ्च क्यानडाको अध्यक्षमा रमेश धिताल सहितको कार्यसमिति सर्वसम्मत चयन भएका छन ।

अभियन्ता चौधरीलाई ‘ग्लोबल एन्टी रेसिजम च्याम्पेनसिप अवार्ड’

वाशिङ्गटन डिसी । नेपालकी सामाजिक अभियन्ता उर्मिला चौधरीे ग्लोबल एन्टी रेसिजम च्याम्पेनसिप अवार्डद्वारा सम्मानित भएकी छिन ।

खेलकुद

क्रिकेटर  प्रविण र एसईईमा सर्वोत्कृष्ट  नतिजा ल्याउने  साह वीरगंज महानगरद्वारा सम्मानित

वीरगंज । नेपाली महिला टोलीलाई विश्वकप क्रिकेटसम्मको यात्रामा योगदान पु¥याउने वीरगंजकी क्रिकेट खेलाडी साना प्रविण र यस वर्षको एसईई परीक्षामा पर्सा जिल्ला प्रथम भएकी रिया साहलाई वीरगंज महानगरपालिकाले आइतबार एक कार्यक्रमकाबीच सम्मान गरेको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बिरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बिरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.