logo

राउन्ड टेबल नेपालद्वारा ४० रोपिएका बिरुवा पोखरीया नगरपालिका लाई हस्तान्तरण

 इसीमाना सम्वाददाता     २०८० सावन २१ गते ०८: ५९ मा प्रकाशित     531   पटक पढिएको

बीरगंज ।राउन्ड टेबल नेपालले आइतवार पोखरिया नगरपालिकामा एक भब्य कार्यक्रमको आयोजना गरेर बृक्षारोपण गरिएको ४० हजार बिरुव नगरप्रमुख प्रदुम्न प्रसाद चौहान लाई हस्तान्तरण गरेको छ ।

 


बिरुवा हस्तान्तरण कार्यक्रम नगरप्रमुख प्रदुम्न चौहानको अध्यक्षतामा भएको थियो । कार्यक्रममा मधेस प्रदेशका वन तथा बाताबरण मन्त्री रमेश कुर्मीले वर्तमानमा मधेश प्रदेशमा पानीको समस्या प्रमुख रुपमा देखा परेको बताए ।

 

बनको बिनाश प्रकृतिको नाजायज दोहनका कारण पानीको समस्या देखिएको चर्चा गर्दै मंत्री कुर्मीले राउन्ड टेबल नेपालले दश दिनमा १ लाख बिरुवा रोप्ने कार्यक्रमको आयोजना गरेर महत्वपूर्ण काम गरेको बताए ।

May be an image of 8 people, dais and text that says 'ROUNDTABLE NDTABLE NEPAL Ti CELEBRATING 00000 PLANTATION NAGARPALIKA OFFICE PARSA 2P'

मंत्री कुर्मीले बनको संरक्षण चुरेको दोहनमा नियन्त्रण तथा प्रकृतिको नाजायज दोहन रोक्न युवा समुहले बौद्धिक हस्तषेप गर्न समेत सुझाव दिए । आफूले सरकारको तर्फबाट भूमिका निर्वाह गर्ने प्रतिवद्धता जनाउदै मंत्री कुर्मीले सचेत युवाहरुलाई पनि अगाडि आउन अपिल गरेका हुन ।

कार्यक्रममा सबिधानसभा सदस्य रामेश्वर प्रसाद रौनियार,पोखरीया नगरपालिकाका उपमेयर रुबि ठाकुर , राउन्ड टेबल नेपालका अन्तरास्ट्रिय एसिया प्यासिफीक रिजनका सौरभ केडिया ,४१ क्लबका मनोज दास, राउन्ड टेबल नेपालका अध्यक्ष राहुल अग्रवालको पनि सहभागिता रहेको थियो ।

May be an image of 6 people and plant

त्यस्तै कार्यक्रममा बोल्दै पोखरिया नगरपालिकाका मेयर प्रद्युम्न चौहानले राउन्ड टेबल नेपाल मार्फत प्राप्त भएको सम्पूर्ण वृक्षहरूलाई रोप्नेदेखि त्यसको संरक्षण नगरपालिकाले गर्ने प्रतिबद्धता व्यक्त गरे ।

 

उनले नगरपालिकाले एउटा वृक्ष रोपण भनेर छुट्टै शाखा नै स्थापना गरेर अभियान मार्फत प्राप्त गरेका बिरुवाहरूलाई रोप्नेदेखि संरक्षण गर्ने बताए । मेयर चौहानले पोखरिया नगरपालिका जिल्लाको केन्द्रका रूपमा विकसित हुँदै गएको बताउँदै यसलाई व्यवस्थित गर्न सडकको दुवै तर्फ वृक्षहरू रोपिने जानकारी पनि दिए ।कार्यक्रममा प्रशासकीय अधिकृत दिवेन्द्र सापकोटाले स्वागत मन्तब्य ब्यक्त गरेका थिए ।


त्यस्तै राउन्ड टेबलका केन्द्रिय अध्यक्ष राहुल अग्रवालले पर्यावरणको सरक्षण एउटा पबित्र काम भएको बताए । राउन्ड टेबल नेपालको स्थापना दिवसको अवसर १ लाख बृक्षा रोपण गर्ने अठोट गरिएकोमा आफूहरु सफल भएको बताए ।

May be an image of 8 people and people standing

१ लाख बृक्षा रोपण गर्ने लक्ष्य तय गरेका थियौ उनले भने तर १ लाख ९० हजार जति बृक्षा रोपण गर्न हामी सफल भयौ । यसका लागि आफ्नो टिम राउन्ड टेबल नेपालका सदस्यहरुलाई उनले धन्यवाद समेत दिए।

त्यस्तै पोखरिया नगरपालिका मा अहिले रोपिए का चालिस हजार बोट बिरुवा को सरक्षण गर्ने जिम्मा नगरपालिकाको रहेको उनले बताए ।

अहिले रोपिएका बोट बिरुवा को सरक्षण गर्नकालागि नेपाल आर्मी , एपीएफ र नेपाल प्रहरीले समेत सहयोग गर्ने लाई राउन्ड टेवल नेपाल बीरगंज शाखाका अध्यक्ष आकाश सरार्फले जानकारी दिए ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

समाज

महावीर चोकमा राति दुर्घटना,एक युवकको मृत्यु, अर्का घाइते

वीरगन्ज । पर्साको वीरगन्ज महानगरपालिका–१५ स्थित महावीर चोकमा बिहीबार राति भएको मोटरसाइकल दुर्घटनामा एक युवकको ज्यान गएको छ भने अर्का एक जना घाइते भएका छन्।

मधेस प्रदेशमा इजाजत प्राप्त ४ सय ८१ थान  हातहतियार बुझाइयो

जनकपुरधाम । प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै सुरक्षा व्यवस्थालाई कडा बनाउने क्रममा मधेस प्रदेशमा इजाजत प्राप्त हातहतियार संकलन कार्य तीव्र पारिएको छ।

खेलकुद

एनपीएल सिजन–२ ,काठमाडौँ गोर्खाजको विजयी सुरुआत

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट मा काठमाडौँ गोर्खाजले विजयी सुरुआत गरेको छ। जनकपुर बोल्ट्सले दिएको १३१ रनको लक्ष्य काठमाडौँले १८ ओभरमै ५ विकेट गुमाउँदै पूरा गर्‍यो।

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.