logo

अधिवक्ता पाण्डेलाई कारावहीको माँग गर्दै मगर संघ र तामाङ घेदुङ संघले बुझायो ज्ञापन

 इसीमाना सम्वाददाता     २०८० सावन २२ गते ०४: ५३ मा प्रकाशित     482   पटक पढिएको

वीरगञ्ज । अधिवक्ता भगवती पाण्डे शितललाई कारवाही गर्नुपर्ने माग गर्दै नेपाल मगर संघ र नेपाल तामाङ घेदुङले आज देशभर जिल्ला प्रशासन कार्यालय मार्फत ज्ञापन पत्र बुझाएका छन् ।

यहि क्रममा नेपाल मगर संघ जिल्ला समिति पर्सा र नेपाल तामाङ घेदुङ जिल्ला समन्वय समिति पर्साले संयुक्त रुपमा आज जिल्ला प्रशासन कार्यालय पर्सामा संयुक्त ज्ञापन पत्र बुझाएका हुन् ।


नेपाल मगर संघका केन्द्रीय सल्लाहाकार कमल बहादुर पिठाकोटे मगर, जिल्ला अध्यक्ष रमेश थापा मगरको नेतृत्व र घेदुङका जिल्ला सचिव छेडुप लामाको नेतृत्वमा गएको दुवै संगठनले पर्साका सहायक प्रमुख जिल्ला अधिकारी भीमकान्त पौडेललाई ज्ञापनपत्र बुझाएका हुन् ।

 

ज्ञापनपत्रमा तामाङ र मगर समुदायलाई अपराधिकरण गर्ने गरि विवादास्पद अभिव्यक्ति दिने अधिवक्ता भगवती पाण्डेलाई कानून बमोजिमको कारवाही गर्नुपर्ने, शान्तिपूर्ण आन्दोलनमा आफ्नो माग राख्ने क्रममा अभियान्ताहरुलाई नियन्त्रणमा लिएर अनावश्यक बल प्रयोग गरी चरम यातना दिने प्रहरीलाई कारवाही गर्नुपर्ने र साउन ४ गते आन्दोलनमा प्रहरीको चरम यातना तथा निर्घात कुटपिटबाट घाईते भएका दर्जनौ अभियन्ताहरुलाई उपचार खर्च सहित उचित क्षतिपूर्तिको माग गरेको छ ।

ज्ञापनपत्र बुझाउन जाने टोलीमा नेपाल तामाङ घेदुङ पर्साका उपाध्यक्ष बुद्धलाल लोप्चन, महानगर अध्यक्ष मनोज लामा, ठोरी गाउँपालिका अध्यक्ष जितु तामाङ, सागर लामा, नेपाल आदिवासी जनजाति महासंघका पर्सा अध्यक्ष सोम बहादुर लामा लगायतको उपस्थिति रहेको थियो ।

 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

समाज

हरिऔनकी ९३ वर्षको उमेरमा नागरिकता पाउने आश

हरिऔन  । उमेरले नौ दशक काट्नुभएकी वृद्धा सुनमाया सुनुवारको अहिले एउटै आश मर्ने बेलामा एक थान नागरिकता र त्यसले दिने सामाजिक सुरक्षा भत्ता पाउने छ ।

स्व.उमा सिंहको स्मृतिमा जनकपुरमा महासंघको आयोजनामा बिभिन्न कार्यक्रम सम्पन्न

जनकपुरधाम । नेपाल पत्रकार महासङ्घ धनुषा शाखाले शहिद पत्रकार उमा सिंहको १७औँ स्मृति दिवसको अवसर पारेर आइतबार पत्रकारहरूको स्वास्थ्य अवस्था र पेशागत सुरक्षासम्बन्धी यथार्थ प्रश्नहरूलाई उजागर गर्ने उद्देश्यसहित दुईवटा महत्वपूर्ण कार्यक्रम सम्पन्न गरेको छ।

खेलकुद

एनपीएल सिजन–२ ,काठमाडौँ गोर्खाजको विजयी सुरुआत

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट मा काठमाडौँ गोर्खाजले विजयी सुरुआत गरेको छ। जनकपुर बोल्ट्सले दिएको १३१ रनको लक्ष्य काठमाडौँले १८ ओभरमै ५ विकेट गुमाउँदै पूरा गर्‍यो।

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.