बीरगंज । १८४ वौ विश्व फोटोग्राफी दिवसको अवसर पारेर पर्सा फ़ोटोग्राफर एसोशिएशन द्वारा घण्टाघर चौकमा रक्तदान कार्यक्रम सम्पन गरिएको छ।
बीरगंज युवा समाजका संस्थापक अध्यक्ष कमल चौगाईले कार्यक्रम उदघाटन गरेका थिए ।
कार्यक्रममा १ महिला सहित ४२ जनाले रक्तदान गरेको सजल श्रेष्ठले जानकारी दिए ।
कार्यक्रममा उदय मण्डल, पवन देवकोटा, नीतू कुशवाहा,मुकेश साह, अशोक गिरी,राजू कुशवाहा, अमित कुशवाहा,प्रेम कुशवाहा,अमित बानिया, सुशान्त श्रेष्ठ लगयतहरुले रक्तदान गरेका थिए ।
कार्यक्रममा नेपाल पत्रकार महासंघका मधेश प्रदेश महासचिव श्याम बंजाराएसोसिएशनका अध्यक्ष ओमप्रकाश कुशवाहा,उपाध्यक्ष विध्या सागर साह, नेपाल रेडक्रस सोसाइटी पर्साको सभापति बिरेन्द्र कड़ेल, लगायत को उकार्यक्रममा उपस्थिति थियो ।
तपाईको प्रतिक्रिया